विराटनगरमा निषेधाज्ञा तोड्न खोजेपछि आन्दोलनकारी र प्रहरीबीच झडप ४६ घाइते,३८ राउण्ड हवाइ फायर,७४ सेल अश्रुग्यास प्रहार

विराटनगरमा निषेधाज्ञा  तोड्न खोजेपछि आन्दोलनकारी र प्रहरीबीच झडप ४६ घाइते,३८ राउण्ड हवाइ फायर,७४ सेल अश्रुग्यास प्रहार

१४ जेठ, विराटनगर ।
कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरस्थित प्रदेश सभा अगाडी प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच झडप भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग आज दिउँसो झडप भएको हो ।प्रहरीले भिड नियन्त्रण लिन ३८ राउण्ड हवाइ फायर र ७४ सेल अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।

झडपमा परी १६ जना प्रर्दशनकारी र ३० जना प्रहरी घाइते भएका छन् ।भिडलाई तितरबितर बनाउन प्रदेश प्रहरी कार्यालय विराटनगरबाट ल्याएको गाडीबाट प्रहरीले पानीको फोहरा पनि हानेको थियो । आजदेखि कोशी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.