रविन्द्र मिश्र गणतन्त्रदेखि वाक्क भन्छन ‘गणतन्त्र दिवस नआवोस’

१४ जेठ ८०, सोमबार

१५ जेठ, काठमाण्डौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ‘आउँदो गणतन्त्र दिवस नआवोस’ भन्ने कामना गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र आएपछि जनताको जीवनस्तरमा धेरै सुधार आएको भन्दै भ्रमण छरेर मात्रै केही नहुने बताइरहेका बेला १६औँ गणतन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्रसँग एक बालिकाले सेल्फी लिदै गरेको भिडियो सामाजिक सञ्जालमा राख्दै उनले यस्तो कामना गरेका हुन।

उनले अब आउने पुस्ताका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको पनि बताएका छन्। ‘आउँदो वर्ष गणतन्त्र दिवस नआवोस!,’ उनले लेखेका छन्, ‘उनको पुस्ताका लागि बस्न योग्य देश छोडेर जाऊँ, जसका लागि कुशल संस्थाका रूपमा संवैधानिक राजसंस्था अत्यावश्यक छ। अन्यथा, आन्तरिक र भूराजनीतिक संकट आईपर्दा सबै पक्षले भर पर्न सक्ने विश्वासीलो संस्था कुनै हुने छैन।’

Advertisement

समग्रमा अहिलेको पुस्ता सबैभन्दा फटाह, सबैभन्दा भ्रष्ट, सबैभन्दा आडम्बरी र सबैभन्दा राष्ट्रघाती पुस्ता बनेको पनि मिश्रले आरोप लगाएका छन्। केही असल नागरिकलाई छाडेर अहिलेको पुस्ता सबैभन्दा राष्ट्रघाती बनिसकेको बताउँदै भनेका छन्, ‘कमसेकम यी बालिकाको पुस्तामाथि अपराध नगरौँ।’ मिश्रले भनेका छन्, आउँदो वर्ष गणतन्त्र दिवस नआवोस!

संसदको भूमिका भाडमे जाओस्,

Advertisement

नियम–कानून भाडमे जाओस्,

न्यायालय भाडमे जाओस्,

पदीय जिम्मेवारी भाडमे जाओस्,

प्रहरी, प्रशासन, अख्तियार, विद्यालय, विश्वविद्यालय, समाज भाडमे जाओस्,

धर्म, संस्कृति, सभ्यता भाडमे जाओस्,

युवाहरूको भविष्य भाडमे जाओस्,

गरिवको जीवन भाडमे जाओस्,

देशको अस्मिता भाडमे जाओस्,

मेरो र आफन्तको कल्याण होस्,

गणतन्त्र अमर रहोस!
होइन त?
‘हो’ भन्नुहुन्छ भने त्यसको दुखद र दिर्घकालीन परिणाम हाम्रो पुस्ताले भन्दा पनि, यो भिडियोमा देखिएकी वालिकाको पुस्ताले भोग्नु पर्नेछ। हामी त नेपालको इतिहासमैँ (असल नागरिकहरूलाई छोडेर) समग्रमा भन्नुपर्दा सबैभन्दा फटाह, सबैभन्दा भ्रष्ट, सबैभन्दा आडम्बरी, सबैभन्दा राष्ट्रघाती पुस्ता बनिसक्यौँ। कमसेकम यी वालिकाको पुस्तामाथि अपराध नगरौँ। उनको पुस्ताका लागि बस्न योग्य देश छोडेर जाऊँ, जसका लागि “कुशन संस्था“का रूपमा संवैधानिक राजसंस्था अत्यावश्यक छ।

अन्यथा, आन्तरिक र भूराजनीतिक संकट आईपर्दा सबै पक्षले भर पर्न सक्ने विश्वासीलो संस्था कुनै हुने छैन।इतिहासका गल्तीहरूमा सबैले सबैलाई क्षमा दिऊँ। राजा, राजनीतिक दल र जनता एउटा ‘नवीन समझदारी’मा पुगौँ, अन्यथा यो देश र भावी पुस्तामाथि अक्षम्य अन्याय हुनेछ।आउँदो वर्ष गणतन्त्र दिवस नआवोस!

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top