पुटिनसँग एक्लै भेटेका बेलारुसी राष्ट्रपति अस्पताल भर्ना

१५ जेठ, एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको स्वास्थ्य बिग्रिएपछि उनलाई मस्कोको अस्पतालमा भर्ना गरिएको छ । डेल्ल िमेलका अनुशार उनको अवस्था चिन्ताजनक रहेको छ । बेलारुसका विपक्षी नेता भ्यालेरी सेपल्कोले यो जानकारी दिएका हुन्।

पुटिनलाई भेटेपछि लुकासेन्कोलाई मस्कोको सेन्ट्रल क्लिनिकल अस्पताल लगिएको थियो । बेलारुसका राष्ट्रपति लुकासेन्कोले युक्रेनमा भएको आक्रमणलाई पुटिनको नजिकका नेताहरूले समर्थन गरेका थिए। सेपाल्कोले एक ट्वीटमा भनेका छन्, “प्रारम्भिक जानकारी अनुसार, लुकासेन्कोलाई पुटिनसँग बन्द ढोकाको बैठक पछि तुरुन्तै मस्कोको क्लिनिकल अस्पताल लगिएको थियो।“

हाल उनलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । उनले बेलारुसका राष्ट्रपतिलाई उनको गम्भीर अवस्थाका बीच विशेषज्ञहरूको हेरचाहमा “रगत सफा“ गरिएको बताएका छन् । उनले थ पभनेका छन् , ’लुकासेन्कोको अवस्था एक ठाउँबाट अर्को ठाउँमा लैजानुपर्ने अवस्था छैन।

Advertisement

भ्यालेरीले लुकासेन्कोलाई क्रेमलिनले विष खुवाएको आशंका गरिएको बताएका छन् । उनले बेलारूसी तानाशाहलाई यसकारण बचाउन प्रयास भइरहेको छ कि कसैलाई पनि घटना शंकास्द नलागोस् । लुकासेन्कोको स्वास्थ्यबारे केही समयदेखि हल्ला चलिरहेको थियो ।

यस महिनाको सुरुमा, लुकासेन्कोले मस्कोमा विजय दिवस परेडको लगत्तै रसिया छोडेका थिए । उनले पुटिनसँग खाजा समेत खाएका थिएनन् । त्यससमय धेरै मिडिया रिपोर्टहरूले दाबी गरेका थिए कि लुकासेन्को धेरै थकित देखिन्थे र उनको दाहिने हातमा पट्टी थियो।

Advertisement

उनले पछि यो अफवाहलाई खारेज गर्दै भनेका थिए ’म मर्ने छैन साथीहरू! तिमीले मसँग लामो समयसम्म झगडा गर्नुपर्नेछ।’ मिडिया रिपोर्टका अनुसार लुकासेन्कोले मेको सुरुमा भएको भेटमा उनले आफूलाई सामान्य रुघाखोकी लाग्ने एडेनोभाइरसबाट पीडित भएको बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top