सन्दीपको फैसला आज,जेल जालान् कि मैदान फर्किएलान ?

१६ जेठ, काठमाण्डौ ।
नाबालिकालाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा दर्ता मुद्दाको अन्तिम फैसलाका लागि आजलाई पेसी तोकिएको छ । उनको पेशी न्यायाधीश शंकरबहादुर राईको इजलासमा परेको छ। पेसीको तेस्रो नम्बरमा परेकाले उक्त मुद्दा आजै सुनुवाइ हुने सम्भावना देखिएको छ।

Advertisement

यसअघि गत मंसिर ७ देखि १४ गतेसम्म उक्त मुद्दाका पक्ष–विपक्ष दुवैको बयान र बकपत्र पनि राईकै इजलासमा भएको थियो। आज मुद्दाको अन्तिम फैसला आए दोषी भए सन्दीप कारागार फर्किने वा आरोपबाट छुटकारा पाए मैदानमा खेललाई निरन्तरता दिने भन्ने टुंगो लाग्नेछ । तर मंगलबार पनि अन्तिम फैसला हुन नसके सन्दीपलाई कानुनी अप्ठेरो छ ।

सन्दीपले मुद्दाका कारण खेलमा सहभागी हुन कठिन भइरहेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताएका छन् । ‘अहिले हामी आज फैसला हुन्छ भनेर नै तयारी गरिरहेका छौं’, वकिल घिमिरेले भनेका छन्, ‘तर कुनै कारण देखाएर मंगलबार पनि फैसला आउन सकेन भने सन्दीपको निर्णय यसै हुन्छ भन्ने भन्न सकिँदैन।’

Advertisement

लगातार पेसी तोकिए पनि सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसला पछि सर्दै गएको छ । जिल्ला अदालत काठमाडौंमा विभिन्न बहानामा अन्तिम सुनुवाइ हुन सकेको छैन । जसका कारण लामिछाने राष्ट्रिय टोलीसँग अफ्रिका जाने अनिश्चित भएको छ ।

अघिल्लो पटक न्यायाधीशले यसअघि मगाएकै कागजात मगाएर अन्तिम फैसला टारेका थिए ।अन्तिम फैसलाकै लागि त्यसअघि एउटा पक्षको बहस नै सकिन लागेको थियो । ५ जना वकिलको बहस सुनेर न्यायाधीशले मुद्दा हेर्दा हेर्दैमा राख्नुको साटो पुनः अर्को पेसी तोकियो ।

Advertisement

अर्को पेसीमा पनि न्यायाधीशले पहिल्यै मगाइसकेको र अदालतमा आइसकेको कागजात पुनः मगाउने आदेश गरे जसका कारण अन्तिम फैसला भएन ।राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य बन्द प्रशिक्षणमा सहभागी भइरहँदा लामिछाने बिदामा बसेका छन् । सन्दीप लामिछानेको मुद्दामा फैसलाका लागि भन्दै १४ पटक पेसी तोकिएको छ । तर फैसला हुन सकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top