तियानमेन नरसंहारको ३४ वर्ष

२२ जेठ, एजेन्सी ।
चीनले मध्य बेइजिङको तियानमेन स्क्वायरमा भएको नरसंहारको ३४ वर्ष पूरा भएको छ । १९८९ मा प्रजातन्त्र समर्थकहरुको विरोध प्रदर्शनको वार्षिकोत्सवको एकदिन अघि हङकङमा मानवअधिकारकर्मी र कलाकारसहित आठ जनालाई हिरासतमा लिइएको छ ।

सोही क्रममा आइतबार भिक्टोरिया पार्क वरपर १० जनालाई हिरासतमा लिइएको थियो । ठूला सार्वजनिक स्थानहरूमा वार्षिकोत्सवका अवसरमा वार्षिक शोक समारोहहरु आयोजना गरिएका छन् । जुन ४ को रात र ५ जुन १९८९ को बिहान, तियानमेन स्क्वायरमा प्रदर्शनकारीहरू विरुद्ध तोप र सेनाले आक्रमण गरेको थियो, जसमा ठूलो संख्यामा प्रदर्शनकारीहरू मारिएका थिए ।

यस हिंसात्मक कारबाहीमा मारिएका व्यक्तिहरूको संख्या अज्ञात छ । सत्तारूढ कम्युनिष्ट पार्टीले यी घटनाहरूको सम्झना कायम राख्नेहरूमाथि देश र विदेशमा कारबाही जारी राखेको छ। बेइजिङमा, तियानमेन स्क्वायर वरपर अतिरिक्त सुरक्षा व्यवस्था गरिएको छ र सुरक्षाकर्मीहरूले भ्रमण गर्ने मानिसहरूसँग परिचय पत्र मागेको देखिएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

त्यसैगरी पत्रकार भिसा लिएर गएका व्यक्तिलाई पनि उक्त क्षेत्रमा प्रवेश गर्न विशेष अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । यति हुँदाहुँदै पनि ऐतिहासिकस्थल हेर्न ठूलो संख्यामा पर्यटकको घुइँचो लागेको छ भने सयौंको संख्यामा मानिसहरु चोकमा प्रवेश गर्न लाइन लागेका छन् । तियानमेन संहारमा आफ्ना छोराछोरी गुमाउने आमाहरूले ’सत्य, क्षतिपूर्ति र जवाफदेही’ माग गर्दै विज्ञप्ति जारी गरेका छन्।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘ह्युमन राइट्स वाच’ ले चीन सरकारलाई प्रजातन्त्र समर्थक प्रदर्शनकारीको हत्याको जिम्मेवारी स्वीकार गर्न आग्रह गरेको छ । “चिनियाँ सरकारले दशकौं लामो तियानमेन नरसंहारको जिम्मेवारी लिनबाट पछि हटेको छ, जसले लाखौं मानिसहरूलाई मनमानी रूपमा हिरासतमा राखी, प्रतिबन्धित गरी यातना दिएको थियो,“ ह्युमन राइट्स वाचका वरिष्ठ चिनियाँ अनुसन्धानकर्ता याकिउ वाङले एक विज्ञप्तिमा भनेका छन् ,यसले उनलाई जासुसी गर्न र अन्तर्राष्ट्रिय रूपमा मानवअधिकार हनन गर्न प्रेरित गरेको छ।

सन् १९९७ मा चिनियाँ शासनमा सुम्पिएको पूर्व बेलायती उपनिवेश हङकङले असहमतिलाई दबाउन औपनिवेशिक युगको राजद्रोह कानून प्रयोग गरेको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ। यसैबीच, हङकङका नेता जोन लीले कसैले कानून तोडे प्रहरीले पक्कै पनि कारबाही गर्ने बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top