×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

भारतलाई इँटाको जवाफ बालेनले पत्थरले दिए

२५ जेष्ठ २०८०

२५ जेठ, काठमाण्डौ ।
भारतको नयाँ संसदमा राखेको मुरल (भित्ते चित्र)का बारेमा संघिय संसदको दुवै सदनमा उठेका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भ्याइनभ्याई भइरहेका बेला यता संघीय राजधानीमै रहेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भने त्यसको जवाफ कुटनैतिक रुपमा शालीनताका साथ जस्तालाई त्यस्तैको शैलीमा दिएका छन् ।

मेयर शाहले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो ।

Advertisement
Advertisement

त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् । यसअघि आफ्नो कार्यकक्षमा रहेको नेपालको थ्रिडी नक्सालाई हटाएर महानगरपालिकाले मेयर शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको हो ।

मेयर शाह यतिबेला भारत भ्रमणमा छन् । नेपाल फर्किनु अघि नै उनले महानगरको आफ्नो कार्यकक्षमा यस्तो नक्सा राख्न आवश्यक निर्देशन दिएको र सोहीअनुसार बिहीबार नक्सा राखिएको महानगरका कर्मचारी बताउँछन् ।

‘मेयर शाहको निर्देशन मै आज नक्सा राखिएको छ,’ एक कर्मचारीले भने, ‘मेयर शाह बस्ने कुसीको ठिक पछाडी ठूलो नक्सा राखिएको हो ।’ कांग्रेस महामन्त्री गगन थापाले बिहीबार नै विराटनगरमा नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउन सक्ने बताएका थिए ।

भर्खरै अखण्ड भारतको मुरल नक्सा भारतको नयाँ संसद भवनमा राखिएको बारे थापाले भनेका थिए, ‘अर्को देशले हाम्रो देशका भूभाग मिलाएर साँस्कृतिक नक्सा भन्दै छाप्छ भने नेपालले पनि ग्रेटर नेपाल बनाउने र त्यसबारे चिन्तन गर्ने हक राख्ने छ ।’

नेपाली भूमी समेटेर भारतले सांस्कृतिक नै भनिएपनि नक्सा सार्वजनिक गर्दा जवाफमात्रै मागेर चित्त बुझाउने प्रधानमन्त्री र भाषणमा मात्रै नेपालले पनि त्यस्तै प्रकारका नक्सा बनाउँनु पर्ने नेताहरुले बताउँदा काठमाडौंका मेयरले व्यवाहारबाटै जवाफ दिएका छन् ।

उनको यो कदमले सामाजिक संजालमा र समर्थकहरुमाझ प्रशंसा बटुलिरहेको छ । बालेनको कार्यकक्षमा रहेको नक्सा तत्कालीन ब्रिटिश शासकसँग सुगौली सन्धि गर्नुअघि नेपालले चर्चेको भूगोलसहितको नक्सासहितको तस्बिर हो । यसअघि भारतीय संसदमा राखिएको नक्साबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका अधिकारीहरुसँग कुरा गरेको बताएका थिए ।

Advertisement

तर परराष्ट्रमन्त्री एनपी साउदले भने भारतीय टेलिभिजन आजतकसँगको कुराकानीका क्रममा आफूलाई त्यसबारे कुनै जानकारी नै नभएको जवाफ दिएका थिए । उता छिमेकी बंगलादेशले आफ्नो भूगोलसहितको नक्सा राखिएको विषयमा भारत सरकारसँग स्पष्टीकरण सोधिसकेको छ ।

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top