कोकाहाको पानी धरानमा झारेपछि रोए हर्क साम्पाङ

२९ जेठ ८०, मंगलबार

३० जेठ, विराटनगर ।
धरान उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिनु अघि नै काकाकुल धरानवासीलाई पानी खुवाउने अभियानमा जोडिदै आएका धरान उपमहानगरका मेयर हर्क साम्पाङले मेयरको कार्यभार सम्हालेको १३ महिनापछि ४२ किलोमिटर टाढाबाट कोकाहाको पानी धरान ल्याउन सफल भएका छन् ।

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेवार बनेका हर्क साम्पाङको एउटै नारा थियो काकाकुल धरानबासीलाई पानी खुवाउने। त्यही नारालाई पूरा गर्ने गरी धरानवासीले मेयर बनाएपछि रातदिन नभनी खानेपानीकै लागि भिरपाखा र पाइप तान्दै आएका हर्कले आफ्नो चुनावीे नारालाई विस्तारै सार्थक बनाउँदै लगेका छन्।

ठूला भनिएका राजनीतिक दलहरु कांग्रेस, एमाले र माओवादीबाट निर्वाचित वडाध्यक्षहरुसँग तिक्ततापूर्ण सम्बन्धका बीच श्रमदान अभियानबाटै ४२ किलोमिटरको दूरमा रहेको बराहक्षेत्र नगरपालिकास्थित कोकाहा खोलाको पानी सोमबार राति धरानमा झार्न सफल भएका हुन्। सोमबार राति १२ बजे कोकाहाको पानी धरान उपमहानगरपालिका–२० स्थित पकुवा खोलामा झर्दा मेयर आफैं त्यहाँ पुगेका थिए।

मेयर साम्पाङकै योजनामा बनेको साबुन उद्योग निर्माणस्थलनजिकैको पकुवा खोलास्थित वास आउट प्वाइन्टमा पानी खसेको हो। मध्यराति कोकाहाको पानी वास आउन प्वाइन्टमा खसेसँगै मेयर साम्पाङ खुसीले हर्षविभोर भएका थिए । कोकाहाको पानी धरानमा झरेपछि हर्षविभोर भएर रोएका मेयर साम्पाङले त्यही पानीले नुहाए।

उनी कोकाहाको पानी धरानमा नझारी घर नफर्किने भन्दै आइतबारदेखि धरानको पटनालीमा सुतेका थिए। त्यसपछि सोमबार दिउँसो र रातिसम्म पाइपबाट हावा निकाल्ने काममा उनी सक्रिय थिए। कोकाहाको पानी खसेको देखेपछि उनी भावुक भएर रोए। त्यहाँ उनले आफूलाई विश्वास गरेर रातदिन साथ दिनेहरुलाई धन्यवाद पनि दिए।

मेयर साम्पाङसँगै उपमेयर आइन्द्रविक्रम बेघा पनि साथमा थिए। उनले पनि धरानले इतिहास बनाउन सफल भएको बताए। कोकाहा खोलाको पानी बराहक्षेत्रको ४२ किलोमिटर छिचोलेर धरान २० स्थित हात्तीसारमा झारिँदैछ। कोकाहाको पानी धरान ल्याउन करिब ४ करोड रुपैयाँ, पाइप र अन्य जिन्सी सामान सहयोग जुटेको थियो।

प्रत्येक शनिबार ५ हजार भन्दा बढी धरान र धरानबाहिरबाट मानिसहरु श्रमदानमा आउने गरेका थिए। मेयर साम्पाङले यसअघि पनि पकुवा खोला, सर्दु, निशाने खोला र भालु खोलाको पानी पनि श्रमदान अभियानबाटै जोड्न सफल भइसकेका छन्।

निशानेमा हर्क साम्पाङ सपोर्ट कमिटी युके र गोर्खा पिस फाउण्डेशनले २ लाख ३७ हजार बराबरको पानीट्यांकी निर्माण गरिएको छ भने सेउती बगरमा पनि हर्क साम्पाङ सपोर्ट कमिटीले अर्को ट्यांकी बनाइदिएको छ। अहिले गोर्खा वेल्फेयर ट्रष्टले खर्दु खोला खानेपानी आयोजनाको स्तरोन्नती भइरहेको छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top