शरणार्थी प्रकरणविरूद्ध प्रदर्शन गर्ने १६ नियन्त्रणमा

३२ जेठ, काठमाण्डौ ।
काठमाडौंको बानेश्वरमा नक्कली भुटानी शरणार्थी प्रकरणविरूद्ध प्रदर्शन गर्ने १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।बिहीबार बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। यसमा तीन जना महिला पनि छन्।

मानवअधिकारवादी शान्ति समाज नेपालका कृष्ण पहाडी लगायतहरूले प्रदर्शन गरेका हुन्।उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाहरूलाई उन्मुक्ति नदिइयोस् र शीर्ष नेताहरूको सम्पत्ती छानविन गर्नुपर्ने लगायत विभिन्न मागसहित प्रदर्शन गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top