×

NEPAL TIMES UPDATES

Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026

गुजरातमा वितण्डा मच्चाएको आँधी राजस्थान पुग्यो, हजारौं विस्थापित

१ असार २०८०

१ असार, एजेन्सी ।
चक्रवात विपरजोय आँधीले भारतको गुजरातस्थित जाखौको तटीय क्षेत्रमा ठक्कर दिएपछि गुजरातमा ठूलो क्षति भएको छ । यसको प्रभाव कच्छ–सौराष्ट्र सहित ८ जिल्लामा रहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । यसले ठूलो विनाश छोडेको छ। धेरै ठाउँमा रुख र पोल ढलेका छन् । हावाहुरीका कारण भावनगरमा दुई जनाको मृत्यु भएको तथा २२ जनाभन्दा बढी घाइते भएका छन् ।

हालसम्म ९४ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय अधिकारीहरुले बताएका छन् । कच्छको मांडवी, नलिया, नारायण सरोवर, जाखौ बन्दरगाह, मुन्द्रा र गान्धीधामलगायत राज्यभर भारी वर्षा भइरहेको छ । ९० देखि १२५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । ९४० भन्दा बढी गाउँ बिजुलीविहीन छन् । यससँगै बाढी र सडक अवरुद्धका कारण ४ हजार ६ सय ग्रामीण क्षेत्र विच्छेद भएका छन् ।

Advertisement
Advertisement

बिपरजोय चक्रवात बिहीबार साँझ ६ः३० बजे कच्छको जाखाउ तटमा पुगेको थियो । यस क्रममा हावाको गति ११५ देखि १२५ किलोमिटर प्रतिघण्टा थियो । यसअघि कच्छ, द्वारका, पोरबन्दर, जामनगर, राजकोट, जुनागढ, गान्धीधाम र मोरबी लगायतका तटीय क्षेत्रमा हावाहुरीसँगै भारी वर्षा भएको थियो। अहिले आँधी उत्तर–दक्षिण राजस्थानतर्फ सर्दैछ ।

चक्रवात विपरजोय गुजरातपछि शुक्रबार राजस्थान पुगेको छ । बाडमेर र जालोरमा आज रेड अलर्ट जारी छ र हावाहुरीसहित पानी परिरहेको छ । जालोरमा शुक्रबार बिहानसम्म ६९ एमएम पानी परेको छ । त्यहाँ, जैसलमेरमा पनि मेघ गर्जन जारी छ। बाडमेर र सिरोहीमा हावाहुरीका कारण रुख र पोल ढलेका छन् ।

आँधीका कारण शुक्रबार र शनिबार राजस्थानका ५ जिल्लामा भारी वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ भने १३ जिल्लामा भारी वर्षाको लागि ओरेन्ज अलर्ट जारी गरिएको छ । यो राज्यमा जुन १८ सम्म लागू हुनेछ। गुजरातमा हावाहुरीका कारण सयौं रुख ढलेका छन् । मोबाइल टावरमा क्षति पुगेको छ, बिजुलीका पोलहरु ढलेका छन् ।

Advertisement

अधिकारीका अनुसार २३ जनावर मरेका छन् । गुजरातका विभिन्न स्थानमा तीव्र हावाहुरीले ५२४ भन्दा बढी रुख र ३०० भन्दा बढी बिजुलीका पोलहरु ढलेका छन् । कोस्ट गार्डले १५ वटा जहाज र ७ वटा विमान तयार राखेको जनाएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top