ग्रीसमा ७५० जना सवार पानीजहाज डुब्यो /६ सय जनाको मृत्युको आशंका

ग्रीसमा ७५० जना सवार पानीजहाज डुब्यो /६ सय जनाको मृत्युको आशंका

१ असार, एजेन्सी ।
ग्रीसमा भएको पानी जहाज दुर्घटनामा करिव ६ सय जनाको मृत्यु भएको आशंका गरिएको छ। विहीबार आप्रवासी बोकेको पानी जहाज दुर्घटनामा ७८ जनाको शव निकालिएको छ भने एक सय जना भन्दा धेरैको जिवितै उद्दार भएको छ । तर जहाजमा कुल ७ सय ५० जना रहेको र एक सय जना त बालबालिका मात्रै रहेको बाँचेकाहरुले बयान दिएको बीबीसीले उल्लेख गरेको छ ।

यसरी हेर्दा अझै जहाजमा रहेका पाँच सय जना वेपत्ता भएको र उनीहरु अब जिवितै भेटिने सम्भावना नरहेको शंका गरिएको छ । जहाज डुब्नबाट नरोकेको भन्दै ग्रीक कोस्टगार्डको आलोचना भइरहेको छ । दुर्घटनामा संलग्न रहेको आशंकामा हालसम्म ९ जना इटलिनयसहित १२ जनालाई हिरासतमा लिइएको छ।

उनीहरूले पहिले नै यो डुङ्गा आप्रवासीहरूले भरिएको देखेका र दुर्घटनाको सम्भावना हुँदाहुँदै पनि सावधानी नअपनाएको आरोप लागेको छ । तर अधिकारीहरूले कोस्टगार्डको बचाउ गर्दै उनीहरूले आप्रवासीहरूलाई मद्दत प्रस्ताव गरेका थिए तर आप्रवासीले नै सहयोग अस्वीकार गरेको जनाएका छन्।

उद्धारकर्ताहरूले अझै पनि दक्षिण–पश्चिम तटबाट लगभग ५० समुद्री माइल टाढा डुङ्गा पल्टिएको क्षेत्रमा खोजी गरिरहेका छन् तर थप जीवित व्यक्तिहरू फेला पार्ने आशा घट्दै गएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.