काभा नेसन्स लिग आजदेखि

३ असार, एजेन्सी ।

कीर्गिस्तानको बिस्केकमा आजदेदखि काभा पुरुष भलिबल नेसन्स लिग सुरु हुँदैछ । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले लिग अन्तर्गत आज आफ्नो पहिलो खेलमा मंगोलियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र मंगोलियाबीचको खेल किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।

मंगोलियालाई हराउँदै नेपाल काभा पुरुष भलिबल नेसन्स लिगमा सुखद् सुरुवात गर्न चहान्छ । नेपाल नयाँ कप्तान तथा सेटर हरि हजुर थापाको कप्तानीमा मैदान उत्रनेछ । टोलीसँग ओपन स्पाइकरमा मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट र रविन चन्द छन् । अपोजिट हिटरमा धन बहादुर भट्ट क्षेत्री र हेमन्त बहादुर मल्ल छन् ।

मिडल ब्लकरमा दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी र सफल विक रहँदा लिवेरोमा भीम बहादुर गाहा छन् । एक मात्रै लिवेरो रहेकाले भीमले राष्ट्रिय टोलीमा डेब्यु गर्ने पक्का रहँदा सफल विक र हेमन्त बहादुर मल्लले राष्ट्रिय टोलीमा डेब्यु गर्ने सम्भवना छ । सेटर लोकेन्द्र राज गिरीले पनि टोलीमा पूनरागमन गर्ने सम्भावना छ ।

नेपालले मंगोलियासँग २०१८ पछि पहिलो पटक खेल्न लागेको हो । २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा नेपालले मंगोलियालाई पराजित गरेको थियो । नेसन्स लिगमा नेपालसहित कुल ७ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा घरेलु टोली कीर्गिस्तानको भने दुई टिम समावेश छन् । राउन्ड रोविन लिगको आधारमा हुने खेलमा नेपालले सोमबार किर्गिस्तान, मंगलबार इरान, बिहीबार तुर्केमिनिस्तान, शुक्रबार किर्गिस्तानको अर्काे टोली तथा त्यसपछि आइतबार उज्वेकिस्तानसँग खेल्नेछ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top