×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

विश्वकप छनोट आजःनेपालले जिम्बावेसँग खेल्दै

३ असार २०८०

३ असार, एजेन्सी ।
आजदेखि जिम्बावेमा आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता सुरु हुँदैछ । जहाँ नेपालले आज नै आफ्नो पहिलो खेल घरेलु टिम जिम्बाब्वेसँग खेल्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र घरेलु टोली जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२ः४५ बजेबाट सुरु हुनेछ ।

जिम्बाब्वेविरुद्ध मैदानमा उत्रँदा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक टेस्ट राष्ट्रको सामना गर्नेछ । नेपालले यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि टेस्ट राष्ट्रविरुद्ध खेल्ने अवसर पाएको थिएन । त्यसैले जिम्बाब्वेविरुद्धको खेल नेपालका लागि ऐतिहासक पनि हुनेछ । विश्वकपको दाबेदार जिम्बावे नेपाललाई हराउँदै प्रतियोगितामा सहज सुरुवात गर्न चाहन्छ ।

Advertisement
Advertisement

पछिल्लो समय उच्च लयमा रहँदै सानदार प्रदर्शन गर्दै आएको नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै घरेलु टोलीलाई स्तब्ध पार्ने सोचमा हुनेछ । यसै वर्ष भारतमा हुने विश्वकप प्रतियोगिताका लागि छनोट हुन विश्वका १० टिम यतिबेला जिम्बाव्बे पुगेका छन् । जसमा समूह ए मा नेपाल, जिम्बाब्वे, वेष्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् ।

समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, यूएई र ओमान छन् । समूह चरणको खेलबाट शीर्ष तीनमा रहने टिम सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सबाट शीर्ष दुईमा रहने टिम भारतमा हुने विश्वकपका लागि चयन हुनेछन् । सुपरसिक्समा पुग्ने लक्ष्य लिएको नेपालले दुई खेल जिते सुपरसिक्समा पुग्ने सम्भावना बलियो हुनेछ भने एक खेल जिते अरु खेलको नतिजामा भर पर्नुपर्नेछ ।

नेपाल पछिल्लो समय आफ्नो क्रिकेट इतिहासकै उच्च लयमा छ । एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने भएको छ । नेपालले सानदार प्रदर्शन गर्दै विश्वकपको सुपर सिक्समा स्थान बनाउन टोलीमा भएका कमजोरी सुधार गर्नुपर्ने हुन्छ । नेपालले आइसिसी विश्वकप लिग–२ मा खेलेका पछिल्ला तीन सिरिज र प्रिमियर कपमा फिल्डिङमा कमजोर प्रदर्शन गरेको थियो ।

नेपालले थुप्रै खेलमा क्याच र रन आउटको अवसर छाडेको थियो । उक्त समस्या नेपालले सुधार गर्नुपर्ने हुन्छ । अर्कोतर्फ नेपालले ब्याटिङमा राम्रो सुरुवात गर्न सकेको छैन । नेपालले ओपनरमा कुशल भुर्तेल र आसिफ शेखलाई मैदान उतार्दै आएकोछ । नेपालले खेलेका पछिल्ला सबै अन्तर्राष्ट्रिय खेलमा ओपनरले ठूलो साझेदारी गर्न सकेका छैनन् ।

ओपनरले ब्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । कुनै खेलमा कुशल र केहिमा आसिफले ठूला इनिङका साथ जित दिलाएका छन् । जिम्बावे तीव्र गतिका बलर सहयोगी मानिन्छ । नेपालले पहिलो रोजाईमा सोमपाल कामी र करण केसीलाई मैदान उतार्दै आएको छ । तर नेपालले तेस्रो तीव्र गतिका बलर पनि टुङ्गो लगाउन आवश्यक देखिन्छ ।

अकोतर्फ नेपालले पहिला ब्याटिङ गर्दा पनि संघर्ष गर्दै आएको छ । नेपालको लक्ष्य पछ्याउँदा राम्रो गर्दै आएको छ । पहिला ब्याटिङ गर्दा भने संयमित हुन आवश्यक छ । राम्रो फिनिसिङ गर्न पनि त्यतिनै आवश्यक देखिन्छ । यस्तै नेपाली बलरले राम्रो सुरुवात गरेपछि मध्यक्रममा विपक्षी ब्याटरको साझेदारी ब्रेक गर्न सकेका छैन ।

मध्यक्रममा नेपालका स्पिनर सन्दीप लामिछाने बाहेक अन्य बलर विकेट लिन खासै सफल हुन सकेका छैनन् । मध्यक्रममा पनि नेपालले राम्रो विकेट लिन आवश्यक पर्दछ । यस्तै नेपालको ठूलो कमजोरी नै डेथ ओभर हो । नेपालले डेथ ओभर अर्थात ४० देखी ५० ओभर सम्म लगातार खराब प्रदर्शन गर्दै आएको छ । टोलीमा डेथ ओभर स्पेलिष्ट बलर छैनन् ।

नेपालका प्रमुख बलर सोमपाल, करण र सन्दीप तीनैको डेथ ओभरमा सबैले खराब प्रदर्शन गर्दै आएका छन् । त्यसैको कारण नेपालले डेथ ओभर समस्या समाधान गर्नुपर्ने हुन्छ । अन्यथा टेस्ट टोलीले नेपालविरुद्ध चौका र छक्काको वर्षा गराउँदै विशाल योगफल बनाउन सक्छन् ।

यसैबीच युवा कप्तान रोहित पौडेलले पनि नेपालले लामो समयदेखि विश्वकप छनोटका लागि तयारी गरिरहेको तथा यसका लागि नेपालले कडा मेहनत गरेको बताएका छन् । उता जिम्बाब्वेका कप्तान क्रेग इर्भिनले पनि प्रतियोगिताका लागि जिम्बाब्वेको तयारी उत्कृष्ट भएको बताएका छन् ।

नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन २०, वेस्ट इन्डिजविरुद्ध जुन २२ तथा नेदरल्यान्ड्सविरुद्ध जुन २४ मा खेल्ने तालिका रहेको छ । आईसीसीले हिजो प्रतियोगितामा सहभागी सबै टिमका कप्तानहरूले ट्रफीसँगै लिएर खिचेको तस्वीर सार्वजिनक गरेको थियो ।

Advertisement

भर्खरको समाचार

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

सम्बन्धित खबरहरु

Scroll to Top