टाइटन पनडुब्बी भेटियो, पाँचै जनाको मृत्यु

Share this
739shares

८ असार, एजेन्सी ।
एटलान्टिक सागरमा रहेको टाइटाइनिकको भग्नावशेष हेर्न ओशनगेटको ‘टाइटन’ पनडुब्बीमा गएका पाकिस्तानी अर्बपतिका बाउछोरासहित पाँचै जनाको मृत्यु भएको बताइएको छ । पाकिस्तानी अर्बपति पिता–पुत्र शहज्यादा र सुलेमान दाउद उक्त पनडुब्बीमा सवार रहेका थिए।

Advertisement

उनीहरुबाहेक अन्य ३ जना पनि पनडुब्बीमा थिए। बीबीसीका अनुसार उनीहरू सवार टाइटन पनडुब्बीको भग्नावशेष फेला परेको र त्यसमा सवार सबैजनाको मृत्यु भएको अमेरिकी तटरक्षकहरूले बताएका छन्। बिहीबार साँझ अमेरिकी नौसेनाका एक अधिकारीले बताएअनुसार टाइटन पनडुब्बी पानीमा गएको केही समयमै विस्फोटसँग मिल्दोजुल्दो आवाज सुनिएको थियो।

शुक्रबार पनडुब्बीको भग्नावशेष फेला परेसँगै पाँचदिन देखि व्यापक रूपमा भइरहेको खोजी कार्य तत्कालका लागि अन्त्य गरिएको बीबीसीले उल्लेख गरेको छ । तर, बलियो प्रमाण नभेटिएसम्म खोजिकार्य पूर्णरूपमा अन्त्य नहुने अमेरिकी नौसेनाका ती अधिकारीलाई उदृध गर्दै न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

Advertisement

’पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु भएको भनेर आकलन गरेर छाड्नु हाम्रो गैरजिम्मेवार ठहर्छ,’ ती अधिकारीलाई उदृध गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ, ’बलियो प्रमाण फेला नपर्दासम्म खोजीकार्य रोकिँदैन।’ गत आइतबार टाइटानिक जहाजको भग्नावशेष तर्फ यात्रा सुरू गरेको १ घन्टा ४५ मिनेटमै पनडुब्बीको आफ्नो जहाज पोलार प्रिन्ससँगको सम्पर्क टुटेको थियो ।

पनडुब्बीमा चार दिनसम्म पुग्ने अक्सिजन भएकाले उनीहरूको खोजीकार्य व्यापक पारिएको थियो। पनडुब्बीमा पाकिस्तानी मूलका ब्रिटिश धनाढ्य ४८ वर्षीय दाउद शाहजादा, उनका छोरा १९ वर्षीय सुलेमान, ब्रिटिश अर्वपति ५८ वर्षीय हमिश हार्डिङ, ७७ वर्षीय पल अन्नी सवार थिए।

Advertisement

पनडुब्बी बनाउने ओशनगेट कम्पनीका कार्यकारी प्रमुख ६१ वर्षीय स्टक्टन रशपनि उनीहरूसँगै टाइटानिक जहाज हेर्न गएका थिए । सन् १९१२ मा डुबेको टाइटानिक जहाजको भग्नावशेष पानीको सतहबाट तीन हजार ८ सय मिटर गहिराइमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top