×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

बाबुरामले फ्याँके सत्ताको कार्ड, अब संयुक्त सरकार

८ असार २०८०

८ असार,काठमाण्डौ ।
आफ्नै योजनामा बनेको समाजवादी मोर्चामा आफै नअटाएपछि दिशाहिन जत्तिकै देखिएका पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले एकाएक संयुक्त सरकारको प्रस्ताव गरेका छन्। केही दिन अघिसम्म मोर्चा बनाएर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप बलियो बनाउने अभियानमा रहेका भट्टराईले आज संसद्को यो कार्यकालसम्म प्रमुख दलहरुको संयुक्त सरकार बनाउन प्रस्ताव गरेका छन्।

पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुको सट्टा यस्तो गर्दा उपयुक्त हुने उनको भनाइ छ। उनको प्रस्ताव छ, ‘यो संसद्को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन, थप जटिल बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालीक मुद्दाहरूको सम्वोधन गर्दा ठिक होला कि? नत्र समयले कसैलाई नपर्खन सक्छ!’

Advertisement
Advertisement

यसो गर्दा भौतिक, सामाजिक, आर्थिक र पूर्वाधार विकासको सन्तुलनबाट दिगो विकासको लक्ष्य प्राप्त हुने भट्टराईको भनाइ छ। गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्झन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर नभएको उनले उल्लेख गरेका छन्।

‘विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकांक्षा, भूराजनीतिको निरन्तर दृष्य–अदृष्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण÷भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन्,’ उनले भनेका छन्।

Advertisement

यसअघि डा भट्टराईले मोर्चा घोषणाको उद्धेश्य सत्तास्वार्थबाट प्रेरित रहेको भन्दै यसको औचित्यमाथि नै प्रश्न उठाएका थिए । हिजो मात्रै डा भट्टराई रास्वपाको मुख्यालयमा पुगेर ०८४ को निर्वाचनपछि नयाँ दलहरुको सरकार बन्ने बताएका थिए ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top