साफ च्याम्पियनसिपमा नेपाल र भारतको भिडन्त

८ असार ८०, शनिबार

९ असार, एजेन्सी ।
१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोली भारतसँग खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको थियो ।

भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो । समूह ‘ए’ मा रहेको नेपाललाई सेमिफाइनलमा पुग्न आज जित्नैपर्ने छ । आजको खेलमा हारको नतिजाले नेपालको आगामी चरणको यात्रा समाप्त हुनेछ । नेपाल समूह ‘ए’ मा छ । भारत साफ च्याम्पियनसिपको साविक विजेता र नेपाल साविक उपविजेता हो ।

साफ च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्स छन् । कुवेत र लेबनान आमन्त्रित टोलीको रुपमा सहभागी छन् । सार्कमा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।

सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् । नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top