आज र भोलि महाकालीमा जलसतह उल्लेख्य बढ्ने

९ असार, काठमाण्डौ ।
कास्की र मकवानपुर जिल्लाका भूभागहरूमा आज भीषण वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन देशभर फैलिएसँगै आज विहानैदेखि देशका विभिन्न भूभागहरुमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।लगातार परेको वर्षाका कारण देशका साना तथा ठूला नदीको बहाब बढेर बाढी आउन सक्ने हुँदा सावधानी अपनाउन पनि जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Advertisement

आज बारा, पर्सा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, कास्की, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) , रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ, बाँके, बर्दीया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपास भई बहने तथा केही ससाना नदीहरूमा आकस्मिक बहाबको जोखिम रहने पूर्वानुमान रहेकाले सो क्षेत्र भई वहने नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउ महाशाखाले अनुरोध गरेको छ।

त्यस्तै काठमाडौं, भक्तपुर, ललितपुर,संखुवासभा, औखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सुर्खेत, दैलेख, अछाम, बाजुरा र म आसपासका केही ससाना नदीहरूमा बहाब बढ्न सक्ने पनि महाशाखाले जनाएको छ । महाकाली र यसका सहायक नदीहरूमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने भएको छ ।

Advertisement

केहीमा सतर्कता तहसम्म पुग्नसक्ने नेपाल फ्ल्ड अलर्टले जनाएको छ । केही साना नदीहरूमा आकस्मिक बहावको मध्यम जोखिम रहेकाले सतर्क रहन पनि आग्रह गरिएको छ । मध्य र पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

यी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेकाले आगामी तीन दिनसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । मनसुनको समयमा बाढी, पहिरो, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

Advertisement

गएको जेठ ३१ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन हिजो देशभर फैलिएको छ । अहिले मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top