हारेको नेपाली टोलीलाई ओलीको ढाडस, खाना खान निम्तो

१० असार, काठमाण्डौ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विश्वकप छनोटको सुपर सिक्समा प्रवेश गर्नबाट चुकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई निराश नहुन भन्दै हौसला दिएका छन् । ओलीले नेपाल र नेदरल्यान्ड्सबीचको क्रिकेट खेल आफूले ‘लाइभ’ हेरेको बताएका छन् ।

Advertisement

शनिबार भएको उक्त खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो । त्योसँगै आईसीसी क्रिकेट विश्वकप छनोटको ‘सुपर सिक्स’मा प्रवेश गर्ने नेपालको सम्भावना समाप्त भएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत कहिलेकाहीँ मिहिनेतका बाबजुद पनि परिणाम प्राप्त हुन नसक्ने उल्लेख गरेका छन् ।

‘यात्रा जारी छ’ शीर्षकमा उनले यसबाट निराश हुन नहुनेमा जोड दिएका छन् । परिणाम अपेक्षकृत नभए पनि मिहिनेत कमजोर नभएको भन्दै उनले नेपाली क्रिकेट टिमलाई धन्यवाद दिएका छन् । टिम नेपाल फर्किएपछि सँगै खाना खाने गरी भेटौँला भन्दै उनले एउटा असफलता यात्राको अन्त्य नभएको बताएका छन् ।

Advertisement

उनले लेखेका छन्, ‘आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ । मेहनत जननी हो भने परिणाम शीशु’, । ‘कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ । यसबाट निराश हुनु हुँदैन।’ ‘परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन’, ओलीले भनेका छन्, ‘मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम।’

‘नेपाल फर्केपछि सँगसँगै खाना खानेगरी भेटौँला’, उनले हौसला दिँदै भनेका छन्, ‘एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।’ समूह ए बाट एक खेलमा जित निकालेको नेपाल र अमेरिका सुपर सिक्सको यात्राबाट टाढिएका छन् । नेपालले अब ७ देखि १० औं स्थान सम्मको लागि प्लेअफ खेल्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top