×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

एक अर्कालाई आडभरोसा दिँदै बालेन र हर्क

११ असार २०८०

११ असार, विराटनगर ।
गएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका एक दर्जन स्वतन्त्र जनप्रतिनिधि मध्ये एक वर्षको अवधिमा जनतामाझ चर्चाको शिखरमा रहेका दुई मेयर हुन् काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह वालेन र धरान उपमहानगरका मेयर हर्क साम्पाङ राई । संजोक मात्रै हो प निर्वाचनमा दुवैको चुनाव चिन्ह थियो लौरो ।

त्यस बाहेक कुनै ब्यक्तिगत र राजनीतिक सम्बन्धमा नजोडिएका दुवै युवाहरुले निर्वाचनमा जनताको अपार मत पाएर मेयर पद सम्हालिरहेका छन् । मेयरको कार्यकाल सम्हालेको एकपछि वितिसकेको अवस्थामा सुरुवातका दिनमा कामको लय समात्दै गर्दा यी दुईबीच सामाजिक संजालमा लामो जुहारी नै चल्यो ।

Advertisement
Advertisement

एकले अर्कालाई जनतको पक्षमा काम गर्ने सवालमा आफूलाई एकअर्काभन्दा अब्बल सावित गर्न खोजे । काठमाडौंमा फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै बालेनप्रति तिखो टिप्पणी गर्ने हर्क र सोही वमोजिमको हैैसियत सामाजिक संजालमा हर्कलाई देखाइदिएका बालेन अहिले देखिएका यी दुई जनप्रतिनिधि अहिले एकअर्काको आडभरोसा र दुःख सुखको साथी बनेका छन् ।

पछिल्लो समय हर्कले फेसबुकमा एक स्टाटस लेख्दै आफूले पसिनाको भेल बगाएर पानी ल्याएपनि धरानका दलहरूले मिलेर आफू विरुद्ध मुद्दा लगाइको गुनासो गरे । उनले फेसबुकमा भनेका छन्, ‘पसिनाको भेल बगाए अनेक दुःख गरेर कोकाहाको पानी ल्याएँ । दुनियाँले बधाई दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लगाए । यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नु ।’

उनको आशय थियो । आफूले श्रमदान गरेरै पानी पूर्ति गरे पनि दलहरूका नेताहरूले स्याबासी दिनुको साटो उल्टै मुद्दा हालेर दुःख दिए भन्ने । केयर हर्कको सोही स्टाटसमा शान्त्वना प्रदान काठमाडौंका मेयर बालेनले दुःखमा आफू साथमा रहेको बताएका छन् । उनले कमेन्टमा भनेका छन्, केही फरक पर्दैन । कसैले केही भनेर, सोचेर केही फरक पर्दैन । तपाईँ अगाडि पुगिसक्नु भो कि । पछाडि जसले जे बोले पनि फरक पर्दैन ।’ उनले अगाडि लेखेका छन्, ‘सुखमा सबै साथमा भएपनि दुःखमा हामी छौँ । म छु । सबै हुनेछौँ ।

 


बालेनको सो कमेन्टमा ६० हजार भन्दा बढी रियाक्ट आएको छ । पछिल्लो समय बालेनले ग्रेटर नेपालको नक्सा राख्नेदेखि हिन्दी फिल्म बन्द गर्ने निर्णयमा साम्पाङ उनको साथमा देखिएका छन् । काठमाडौंमा चलचित्र आदिपुरुषको प्रर्दशन बन्द गर्दा हर्कले धरानमा पनि सो चलचित्रको प्रर्दशनमाथि रोक लगाएका थिए ।

बालेनले अदालतका विषयमा दिएको अभिब्यक्तिलाई समर्थन गर्ने गरी हर्कले समेत उनलाई साथ दिदै लेखेका छन्, जब देशको सार्बभौमिकता, भौगोलिक अखण्डा र राष्ट्रिय एकतामा आँच आउने कुरा आउँछ, छातीभरि देश बोकेका देशहरुले कानुन हातमा लिएर अघि बढ्नुको विकल्प रहन्न ! धरानमा खानेपानीको प्रवन्ध गर्न दुई महिना अघि काठमाडौं पुगेका हर्कले बालेनलाई भेटेका थिए । सो क्रममा दुईजनाले एक अर्कामा ‘सिलाम साक्मा’ लगाइदिई स्वागत र सम्मान गरेका थिए ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top