अन्तरिक्षमा पिसाब र पसिनाबाट निकालियो पिउने पानी

११ असार, एजेन्सी ।
लामो समयसम्म अन्तरिक्षमा बस्न र भविष्यका ठूला मिसनहरू पूरा गर्न सबैभन्दा महत्त्वपूर्ण कुरा हो ,पानी । अन्तरिक्षमा पानीको मिलन भनेको जीवनको मिलन हो। यसबारे पछिल्लो अपडेट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट आएको छ जहाँ वैज्ञानिकहरूले एक विधिद्वारा ९८ प्रतिशत पानीलाई पुनर्स्थापित गरेका छन्।

यसलाई ठूलो उपलब्धिको रुपमा हेरिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले वैज्ञानिकहरूले अन्तरिक्ष यात्रीको पसिना र पिसाबलाई पुनः प्रयोग गरी पिउन योग्य पानीमा परिणत गरेको बताएको छ ।

स्पेस डट कमको समाचार अनुसार स्पेस स्टेशनमा प्रत्येक अन्तरिक्ष यात्रीलाई पिउन, खाना पकाउन र सरसफाईको लागि प्रति दिन एक ग्यालन पानी चाहिन्छ। सामाचारमा भनिएको छ, अन्तरिक्ष यात्रीहरूले प्रणालीहरू प्रयोग गरे जुन ईक्लासको भाग हो।

ईक्लास भनेको इन्भारोमेन्ट कन्ट्रोल एन्ड लाइब सपोर्ट सिस्टम अर्थात वातावरण नियन्त्रण र जीवन समर्थन प्रणाली हो जसले अन्तरिक्षमा थप प्रयोगको लागि खाना, हावा र पानी जस्ता चीजहरूलाई पुनः प्रयोग गर्ने लक्ष्य राख्छ।

ईक्लास बनाउने हार्डवेयरमा पानी रिकभरी प्रणाली समावेश हुन्छ जसले फोहोर पानी जम्मा गर्छ र वाटर प्रोसेसर एसेम्बली (ध्एक्) मा पठाउँछ जसले पिउन योग्य पानी उत्पादन गर्छ ।

केबिन चालक दलको सास र पसिना द्वारा केबिनमा उत्पन्न भएको नुनिलोलाई कब्जा गर्न एडभान्स डियूमिडिफायरको प्रयोग गरिन्छ। अर्को प्रणाली, पिसाब प्रोसेसर असेंबली (यूपीए) हो ।

यसका लागि पिसाबबाट पानी निकाल्न भ्याकुम डिस्ट्रिलेसनको प्रयोग गरिन्छ । यस प्रक्रियामा बाइ प्रोडक्टका रुपमा नुनिलो पानीको उत्पादन हुन्छ । जसबाट फोहोर पानी हटाइन्छ ।

जोन्सन स्पेस सेन्टर टोलीका सदस्य क्रिस्टोफर ब्राउनले यसबारेमा भनेका छन् कि बीपीएले पिसाबबाट निकालिएको सफा पानीको मात्रा ९४ प्रतिशतबाट ९८ प्रतिशतमा बढाएको छ, जुन अहिलेसम्मकै उच्च हो। पिउने पानी पुनर्स्थापित गर्ने यो विधिले मंगल ग्रह जस्ता लामो अन्तरिक्ष अभियानहरूमा मद्दत गर्नेछ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top