×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वकपको उद्घाटनमा इंग्ल्यान्ड र न्युजिल्यान्ड खेल्ने

१२ असार २०८०

१२ असार,एजेन्सी ।
भारतमा हुने आइसीसी एकदिवसीय विश्वकप २०२३ को फाइनल सेड्युल सार्वजनिक भएको छ । अक्टुबर ५ देखि सुरु हुने विश्वकपको उद्घाटन खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक भारतले भने पहिलो खेल ८ अक्टुबरमा अस्ट्रेलियाविरुद्ध खेल्नेछ।

प्रतियोगिताको उद्घाटन खेल र फाइनल खेल भने अहमदाबादमा हुने भएको छ । विश्वकपको फाइनल खेल १९ नोभेम्बरमा हुनेछ । प्रतियोगिताभर कुल ४८ खेल भारतका एक दर्जन शहरमा हुनेछन् । जम्मा १० टिमले भाग लिने उक्त प्रतियोगिताका आठ टिम यसअघि नै तय भइसकेका छन् भने दुई टिमका लागि जिम्बाबेमा छनोट प्रतियोगिता जारी छ ।

Advertisement
Advertisement

छनोट प्रतियोगिताबाट विश्वकपमा २ टिम पुग्नेछन्। नेपाल भने समूह छनोट प्रतियोगिताको सुरुवाती चरणबाटै बाहिरिएको छ । समूह चरणबाटै बाहिरिएसँगै नेपालको २०२३ को विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको छ।

विश्वकपका लागि इङल्याण्ड, भारत, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड र अफगानिस्तान छनोट भइसकेका छन् । १९७५ देखि २०१९ सम्मको १२ वटा विश्वकप क्रिकेटमा अहिलेसम्म सबैभन्दा बढी अष्ट्रेलियाले ४ पटक उपाधि जितेको छ ।

२०२३ को विश्वकप आयोजक भारतले २ पटक विश्वकपको ट्रफी उचालेको छ भने वेस्टइन्डिजले समान दुई पटक विश्वकप जितेको छ । दुई पटकको विश्वविजेता वेस्टइन्डिज भने विश्वकपमा स्थान बनाउनका लागि विश्वकप छनोटमा अहिले संघर्ष गरिरहेको छ ।

अहिलेसम्मको सुपर ६ सम्मको नतिजाले वेस्टइन्डिजको विश्वकपमा स्थान बनाउने संभावना कम देखिन्छ । विश्वकप खेल्दै आएका पाकिस्तान, इङल्यान्ड र श्रीलंकाले भने अहिलेसम्म एक एक पटक मात्रै विश्वकपको ट्रफी उचालेका छन् । १९९६को विश्वकप विजेता श्रीलंका पनि अहिले भने विश्वकपमा स्थान बनाउनका लागि जिम्वाबेमा छनोट खेलिरहेको छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top