×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

नेपाल भ्रमण सकेर पाकिस्तान उडे ज्याक मा

१४ असार २०८०

१४ असार, काठमाडौं ।
मंगलबार काठमाडौं आइपुगेका चिनियाँ अर्बपति ज्याक मा आज पाकिस्तान तर्फ लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान ११ः२५ बजेको फ्लाइटमा ज्याक मा पाकिस्तानको लाहौर प्रस्थान गरेका हुन् । उनी गत मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चार्टर गरेर नेपाल आएका थिए ।

ई कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक नेपालमा रहँदा द्वारिकाज होटलमा बसेका थिए । उनले स्थापना गरेको अलिबाबाले नेपाली ई कमर्स कम्पनी दराजमा पनि लगानी गरेको छ । पर्यटक भिसामा आएका उनले बौद्धमा पुगेर हस्तकलाका सामाग्री किनेका थिए । बुधबार ज्याक कालीमाटीस्थित तरकारी बजारको अवलोकनमा पुगेका थिए ।

Advertisement
Advertisement

बुधबार बिहान १० बजेर ३७ मिनेटमा कालीमाटी बजार परिसर पुगेका ज्याक मा युनले त्यहाँ १३ मिनेट बिताएका थिए । ५ वटा कार र सुरक्षाका केही मोटरसाइकल सहित ज्याक मा युनको टोली कालीमाटी बजारमा १० बजेर ३७ मिनेटमा छिरेको थियो । बजार विकास समितिको अगाडि रहेको पार्किङमा केही गाडी रोकिएका थिए भने ज्याकमा सवार कार कृषक होल्डिङ यार्डमा पुगेको थियो ।

ज्याक मा बजारमा किन गएका थिए भन्नेबारे भने स्पष्ट खुलेको छैन । उनले बजारमा रहेका व्यवसायीसँग कुनै कुराकानी नगरेको पनि प्रत्यक्षदर्शीले बताए । यस्तै उनले भक्तपुर दरबार स्क्वायर र स्वयम्भूको भ्रमण गरेका थिए । उनी नेपाल आउनुको कारण भने खुलेका छैनन् ।

Advertisement

उनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई पनि भेट्ने चर्चा रहेपनि भेटे नभेटेको बारे खुलेको छैन । चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बरमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् । फेब्र्सकाअनुसार ज्याक मा २३.५ बिलियन अमेरिकी डलरका धनी छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top