×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

आज असार १५, राष्ट्रिय धान दिवस,दही चिउरा खाने दिन

१५ असार २०८०

१५ असार, विराटनगर ।
आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आज सरकारले पनि विशेष कार्यक्रमको आयोजना गरी धान दिनवस मनाउदैछ भने विभिन्न राजनीतिक दलहरुले समेत आफ्ना अनुकुलका स्थानमा धान रोपेर यो दिवस मनाउने कार्यक्रमको आयोजना गरेका छन् ।

आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

Advertisement
Advertisement

रोपाँईसँगै दहि चिउरा खाने चलन रहेकोले आजको दिनलाई दही चिउरा खाने दिन पनि भनिन्छ । यसरी दहि चिउरा खाँदा शरीरलाई उर्जा प्राप्त हुन्छ । खेतिपातीको हिलोमैलोले शरीर थाक्ने हुँदा दही चिउराले शक्ति प्रदान गर्ने र बाँकी खेतीपाती पनि सजिलै सम्पन्न हुन्छ । दही चिउरा खाँदा गति परिने पनि विश्वास छ ।

आज आफ्नो खेतीपाती नहुने र रोपाँई सम्पन्न गरिसकेका किसानहरूले समेत अरूको खेतीमा गई रोपाँईमा मद्दत गर्दछन् । असारे भाखाका हाली गीत गाउँनु रोपाँईको अर्को आकर्षण हो । रोपाँईमा बाउसे र लाठेहरुले गरा सम्याउने र आली मिलाउने काम गर्दछन् भने रोपाहारहरुले धानको बिउ खेतको हिलोमा रोप्दछन् ।

नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान दिवसको अवसरमा कास्कीमा विशेष रोपाईं महोत्सव गर्ने गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ ।

कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ । युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरुले बताएका छन् ।

उन्नत जातका धानका बीउमा किसानको पहुँच पुग्ने हो भने २० प्रतिशतसम्म धान उत्पादनमा वृद्धि गर्न सकिने धानविज्ञहरु बताउछन् । अहिले नेपालको धान उत्पादकत्व ३.१७ मेट्रिक टन÷प्रति हेक्टर छ, यसलाई बढाएर ४ मेट्रिक टन÷प्रति हेक्टर बनाउन सके मुलुकभित्रको मागलाई धान्न सहज हुनेछ नेपालमा चैते धान, बर्षे धान र घैया धानको खेती हुने गर्दछ ।

नेपालमा धानका रैथाने जातका ८६ वटा मध्ये ७ वटा रैथाने जातका धानको खेती हुन्छ । नेपालका ७२ जिल्लाका करीव २ हजार ९ सय ६३ प्रकारका रैथाने जातका बीउ अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र(इरी) को सहयोगमा जीन बैंकमा संरक्षित छन् ।

इरीले सन् १९६६ देखि २००९ सम्म धानका जातहरू सदुपयोग गरी विश्वका ७८ देशमा ८६४ प्रकारका धानका जातहरु सिफारिस गरिसकेको छ । कृषि प्रधान देश भएर पनि कृषिमा बढ्दो परनिर्भरतालाई हटाउन नेपालको प्रमुख खाद्यबालीका रुपमा रहेको धानको महत्व र उत्पादनमा बृद्धिका लागि यो दिवसले थप हौसला प्रदान गरेको छ ।

Advertisement

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top