बोतल प्रहारपछि प्रकाश सपुत विक्षिप्त

१५ असार, काठमाण्डौ ।
रोमानियाको सांगीतिक प्रस्तुतिको क्रममा केही दिनअघि आफुलाई बोतल प्रहार भएको घटनाबाट आफु विक्षिप्त बनेको गायक प्रकाश सपुतले बताएका छन् । सपुतलाई एक युवकले बोतल प्रहार गरेका थिए । ती युवकलाई गायक सपुतले पछि माफी पनि दिए। यतिबेला उनले आफू उक्त घटनाबाट मानसिक रुपमा विक्षिप्त भएको बताएका छन्।

Advertisement

बिहीबार राति सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै प्रकाशले भने, ‘घट्नासँग अरु कुनै खÞराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको यो घट्नाले मेरो मनमा गहिरो चोट पुगेको छ। अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको छु। हुन त सार्वजनिक छवि भएका संसारभरिका विभिन्न व्यक्तिहरुको जीवनमा आइपर्ने यस्ता घटना र किस्साहरु पढ्दै, सुन्दै आएको हो।

तर स्वयम् आफू चाहिँ तयार भइसकेको रहेनछु। भर्खर यात्रा शुरु गरेको छु। यात्रा सजिलो छैन भन्ने त थाहा छ तर यस्तो अनेपक्षित घट्नाहरुले यात्रा अफ्ठ्यारो मात्रै होइन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भइरहेको छ। कोभिड पछाडि यस्तो डर( एन्जाइटी)लाई पटक–पटक जित्दै आएको भएर यो डर पनि जित्ने छु।’ उनले मानसिक स्वास्थ्यको बारेमा खुलेर कुरा गर्नुपर्ने उल्लेख गर्दै आफ्नो मनस्थितिबारे बताएका छन् ।

Advertisement

बरु बोतल प्रहार गर्ने युवकको मानसिक स्थितिलाई इंगित गर्दै उनले भने, ‘ सानो उमेरमा ठूलो रकम तिरेर विदेश जानुपर्ने बाध्यताले धेरै नेपालीमा चरम निराशा र मानसिक स्वास्थ्य समस्या देखिन थालेको छ। म विदेश कार्यक्रमहरुमा जादा प्राय सबै ठाउमा यो विषयमा छलफल हुने गरेको पनि छ। यो घट्ना एउटा संयोग मात्रै होइन हाम्रो बाध्यता र परिस्थितिको उपज पनि हो।’

उनले रोमानियाको उक होटलमा नेपाली दाजुभाइले आफूप्रति देखाएको प्रेमलाई पनि उल्लेख गरेका छन् । गायक सपुतमाथि गएको आइतबार मध्य राति गीत गाइरहेका बेला टेजमै बोतल प्रहार भएको थियो । सपुतलाई स्टेजमै बियरको बोतलले हानिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

Advertisement

सपुतले ‘बोल माया‘‘’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर प्रहार भएको थियो । सपुतको यसअघि सार्वजनिक भएको ‘सकम्बरी’ ‘पिर’ लगायतका गीतहरु विवादित बनेका थिए । तथापी सपुतका गीतहरु सर्वाधिक रुचाइएका छन् ।

गायकसंगै सपुत सङ्गीतकार, मोडल र अभिनेता पनि हुन् । उनी विशेषगरि नेपाली लोक सङ्गीतमा आफ्नो योगदानका लागि परिचित छन् । उनी आफ्नो सङ्गीतको माध्यमबाट सामाजिक र राजनीतिक चेतना जगाउनका लागि पनि परिचित छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top