विमान जाँच गर्न श्री एयरका सबै उडान रद्द

१७ असार,काठमाण्डौ ।
पटक पटक प्राविधिक समस्याको सामना गरिरहेको श्री एयरलाइन्सका कुनै पनि जहाज आज नेपाली आकाशमा नउड्ने भएका छन् । श्री एयरलाइन्सले आजका लागि निर्धारित सबै उडान स्थगन गरेको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले एक प्रेस नोट जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।

शनिबार दिउँसो साढे ३ बजे काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं नै फर्काइएको थियो । सो घटनापछि एयरलाइन्सले आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्न आज एक दिनका लागि सबै उडान रोकेको हो ।

‘प्राविधिक समस्या नदोहोरियोस् भनी असार १७ का दिन हुने यस एयरलाइन्सका सम्पूर्ण उडान स्थगन गरी सबै विमानको सम्पूर्ण प्राविधिक परीक्षण गर्ने निर्णय गरिएको छ,’ श्रीले विज्ञप्तिमा भनेको छ । श्रीले सोमबारदेखि पुनः उडान सञ्चालन गरिने जनाउँदै आइतबार टिकट खरिद गरिसकेका यात्रुहरुसँग माफी मागेको छ ।

प्राविधिक समस्याका कारण हिजो मात्रै काठमाडौं धनगढी उडानको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएको थियो । श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३ः३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भए पछि जहाज काठमाडौं फिर्ता भएको थियो । श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो ।

त्यसलाई तानेर पार्किङ वेमा लगिएको थियो । श्री काठमाडौंबाट सुगम रुटहरु भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढीमा उडान गर्दै आइरहेको छ । योसँग क्यानेडियन ड्यास क्यू–४०० विमान ४ र सीआरजे ४ गरी ८ वटा विमान छन् । यीमध्ये उडानमा तीनवटा ड्यास क्यू–४०० र एउटा सीआरजे मात्रै छन् । हिजो मात्रै

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top