१८ असार, एजेन्सी ।
विश्व तथ्यांकका अनुशार विश्वमा सबैभन्दा धेरै बिदा हुने देशको सूचीमा नेपाल परेको छ । तथ्याङ अनुशार सबैभन्दा कम बिदा मेक्सिकोमा ८ दिन दिने गरिएको छ । नेपालमा सबैभन्दा बढी ३५ दिन वार्षिक बिदा हुने गरेको छ । त्यसैगरी नेपालपछि म्यानमारमा ३२ दिने वार्षिक बिदा दिने गरिएको छ ।
यसैगरी इरानमा २६, श्रीलंकामा २५ तथा बंगलादेश र इजिप्टमा समान २२ दिन बिदा दिइन्छ । त्यस्तै कम्बोडिया र भारतमा समान २१, अर्जेन्टिना र लेबनानमा समान १९, कोलम्बिया र फिलिपिन्समा समान १८ तथा आइसल्यान्ड, इन्डोनेसिया, जापान, पाकिस्तान, काजखस्तान र थाल्याण्डमा समान १६ दिन बिदा दिइन्छ ।
त्यस्तै अष्ट्रिया, चिली, डेनमार्क, नर्वे, दक्षिण कोरिया, टर्की र भेनेजुएलामा समान १४ दिन बिदा दिइन्छ । चेचिया, फिनल्याण्ड, पोल्याण्ड र स्पेनमा समान १३ दिन तथा इटाली, स्वीडेन र युक्रेनमा समान १२ दिन बिदा दिइन्छ । चीन, फ्रान्स, नेदरल्याण्ड्स, रुस, दक्षिण अफ्रिका र अमेरिकामा समान ११ दिन वार्षिक बिदा दिइन्छ ।
अष्ट्रेलिया, जर्मनमी र क्यानाडामा १० देखि १३ दिन बिदा दिइन्छ । त्यस्तै बेल्जियम, इस्टोनिया र आयरल्याण्डमा समान १० दिन बिदा दिँदा ब्रजिलमा ९ देखि १२ दिन बिदा दिइन्छ । ताइवानमा ९ दिन, बेलायतमा ८ देखि १० दिन तथा मेक्सिकोमा ८ दिन बिदा दिइन्छ । विश्वमा धेरै राष्ट्रहरुले १० देखि १० दिन सम्म वार्षिक बिदा दिदै आएका छन् ।