×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुदन किराँती र क्यान निर्देशकबीचको टसल के हो ?

१९ असार २०८०

१९ असार, काठमाण्डौ ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पर्यटन मन्त्री सुदन किरातीले मागेको स्पष्टीकरण दिन अस्वीकार गरेका छन् । संस्थाको हितविपरीत काम गरेको आरोप लगाउँदै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री किरातीले अधिकारीसंग हप्ता दिनअघि स्पष्टीकरण सोधेका थिए ।

त्यसको एक साता पुगेकै दिन सामाजिक सञ्जाल ट्वीटरमार्फत महानिर्देशक अधिकारीले प्राधिकरण स्वायत्त निकाय भन्दै स्पष्टीकरण दिन अस्वीकार गरेका हुन् । स्वायत्त निकाय भएकोले कुनै पनि निर्णय गर्दा प्राधिकरण स्वयंले स्वविवेकले गर्न सक्ने जिकिर उनको छ । उनी आफूलाई मन्त्रिपरिषद्बाहेकले सोध्न नमिल्ने बताइरहेका छन् ।

Advertisement
Advertisement

मन्त्री किरातीले आफूले निर्णय गरे बमोजिम सिम्रिकलाई हेलिपोर्ट निर्माण तथा संचालन गर्न अनुमति नदिएको निहुँमा सामाजिक संजालमा पोष्ट गर्दै स्पष्टीकरण सोधेका थिए । मन्त्री किरातीले हवाई सुरक्षा, क्यान विभाजन, निर्माण कार्य लगायत नौवटा विषयमा प्रश्न उठाउँदै ११ असारमा एक साताको म्याद दिएर स्पष्टीकरण मागेका थिए ।स्पष्टीकरण सार्वजनिक भएलगत्तैदेखि आफू जवाफ नदिने पक्षमा रहेको भन्दै आएका अधिकारीले सात दिन बित्दा पनि स्पष्टीकरण बुझाएनन् ।

मन्त्री किराती र महानिर्देशक अधिकारीबीच लामो समयदेखि सम्बन्ध बिग्रिएको थियो । सम्बन्ध बिग्रिने क्रम उच्च तहमा पुगेपछि किरातीले स्पष्टीकरण सोधेका थिए । तर प्राधिकारणका अधिकारीले जवाफ नदिएपछि मन्त्री किराती भने अफ्ठ्यारोमा परेका छन् । यही स्पष्टीकरण सोधेको समयमा उनले दुई महत्वपूर्ण लिएका छन् ।

Advertisement

रामेश्वर थापाले काभ्रेको इटापुमा बनाउन लागेको हेलिप्याण्ड रद्द गर्ने र गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा ४ अर्बको दोस्रो धावनमार्ग निर्माणको ठेक्का लगाउने निर्णय लिएका छन् । सञ्चालनमा आउन नसकेको यो विमानस्थल निर्माणको आयोजना प्रमुख अधिकारी नै थिए र उनीमाथि गम्भीर आर्थिक अनियमितताको आरोप पनि लागेको छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top