क्यानका महानिर्देशकलाई दोस्रोपटक मन्त्रीले सोधे स्पष्टीकरण

२१ असार, काठमाण्डौ ।

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । पहिलोपटक नौबुँदे स्पष्टीकरण सोधिएको थियो । जवाफ पेस गर्न सात दिनको समय दिइएको थियो । तर, महानिर्देशक अधिकारीले उक्त समयमा अटेरी गरेर जवाफ दिएनन् । बिहीबार पुनः स्पष्टीकरण सोधिएको हो ।

जवाफ नदिनुको कारण स्पष्ट रूपमा उल्लेख गरेर तीन दिनभित्र जवाफ पेस गर्न मन्त्रालयले निर्देशन दिएको छ । निर्धारित समयमा जवाफ नदिए कानुनबमोजिम अघि बढ्ने मन्त्रालयले जनाएको छ । पर्यटन मन्त्रालयका अनुसार बुधबारको मन्त्रीस्तरीय निर्णयबाट दोस्रो स्पष्टीकरण सोधिएको हो । यसअघि गत असार ११ गते ९ बुँदे प्रश्न सोधिएको थियो ।

Advertisement

७ दिनको समय राखि सोधिएको प्रश्नको जवाफ महानिर्देशक अधिकारीले दिएका थिएनन् । उनले आफूलाई मन्त्रीपरिषद्ले नियुक्ति दिएको भन्दै स्पष्टीकरण नदिने अडान राखेका थिए । अब तीन दिन भित्र पनि जवाफ नआएमा भने कानून अनुसार प्रक्रिया अगाडि बढ्ने स्पष्टीकरण पत्रमा उल्लेख छ । ३ दिने स्पष्टीकरणको पनि जवाफ नदिए २४ घण्टे स्पष्टीकरण सोधेर अधिकारीलाई बर्खास्त गर्ने मन्त्रीको तयारी छ ।

‘यस मन्त्रालयको प.सं. २०७९÷८० च.नं. १२३२ मिति २०८०÷०३÷११ को पत्रबाट तपाईबाट सम्पादित कार्यसँग सम्बन्धित विभिन्न ९ (नौ) बुँदाका विषयमा ७ (सात) दिनभित्र स्पष्ट जवाफ सहितको विवरण पेस गर्न नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) निर्णयबाट लेखी पठाइएकोमा निर्धारित समय सीमाभित्र तपाईबाट स्पष्ट जवाफ सहितको विवरण पेस हुन नआएकोले के कति कारणले समयमा नै स्पष्ट जवाफ सहितको विवरण पेस नगर्नु भएको हो ? उल्लेखित पत्रमा समावेश भएका विषयमा ३ (तीन) दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी पुनः स्पष्ट जवाफ सहितको विवरण उपलब्ध गराउन पुनः लेखी पठाउने अन्यथा कानूनबमोजिम हुने भनी नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) मिति २०८०÷०३÷२० को निर्णयबमोजिम अनुरोध छ,’ दोस्रो स्पष्टीकरणमा सोधिएको छ ।

Advertisement

तर, महानिर्देशक अधिकारीले भने आफू प्राधिकरणको कर्मचारी भएकाले हवाई क्षेत्रको सुधार एवम् सुरक्षामा प्रतिबद्ध रहेको जनाउँदै उनले आफूमाथि कारबाही भए भोग्न तयार रहेको बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top