×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

माओवादी नेताहरूलाई बीजेपीको चुलै निम्तो !

२१ असार २०८०

२१ असार,एजेन्सी ।
आफूलाई प्रधानमन्त्री बनाउन भारतीय व्यवसायी प्रितम सिंहले पहल गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिब्यक्ति दिएपछि राजनीतिक तरंगित बनिरहेका बेला सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले माओवादी केन्द्रका नेताहरूलाई भारत भ्रमण गराउने तयारी गरेको खबर बाहिरिएको छ ।

भारतको दिल्लीस्थित भाजपाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भाजपा अध्यक्ष जेपी नड्डाले माओवादी केन्द्रका शीर्ष नेताहरूको एक प्रतिनिधिमण्डलले भारत भ्रमण गर्ने जानकारी गराएका हुन् । भाजपा विदेश विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको निमन्त्रणामा निकट भविष्यमै नेपालका माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने बताएका छन् ।

Advertisement

विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले बोलाएर आफ्नो पार्टीको गतिविधिबारे जानकारी गराउँदै आएको छ । अध्यक्ष नड्डाले भने, ‘सम्बन्ध बढाउने उद्देश्यका साथ हामीले विभिन्न देशका राजनीतिक दलहरूको प्रतिनिधिहरूलाई यहाँ भारतमा बोलाउने गरेका छौँ । त्यसै गरी हाम्रो पार्टीका प्रतिनिधिहरू पनि विभिन्न देशहरूमा जाने गरेका छन् ।

’यसअघि भाजपाको निमन्त्रणामा नै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत वर्ष असार ३१ गते भारत भ्रमण गरेका थिए । त्यसअघि २०७८ असोज २१ गते नेपाल कांग्रेसका नेता एवं वर्तमान अर्थमन्त्री डा.प्रकाशरण महत भारत भ्रमणमा गएका थिए । तीन सदस्यीय प्रतिनिधि मण्डलमा नेता महतसहित अजय चौरसिया र उदयशम्शेर जबरा थिए ।

नेताहरूले दिल्ली, लखनउ तथा वनारसको भ्रमण गरी भाजपालगायत विभिन्न शीर्ष नेताहरूसँग छलफल गरेर फर्केका थिए । त्यसपछि चैतमा भारत भ्रमणमा गएका काँग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारतको भ्रमणमा गएको बेला सुरुमै भाजपाको मुख्यालय पुगेका थिए ।

यसका लागि त्यतिबेला देउवाको आलोचना पनि भएको थियो । सरकारी भ्रमणमा गएका देउवा भाजपाको मुख्यालय जान नहुने टिप्पणी भएको थियो । यसअघि दलका नेताहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीले निमन्त्रण गरेर चीनको भ्रमण गराउने गर्थ्यो । पछिल्लो समय त्यसको सिको भाजपाले पनि गरेको छ ।

केही दिन अघि मात्रै माओवादीकै उपाध्यक्ष अग्नि सापकोटासहितको माओवादी नेताहरुले टोली तथा त्यसपछि पछिल्लो समय माओवादी वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली चीन भ्रमणबाट फर्किएको थियो ।

भाजपाले हालसम्म औपचारिक रूपमा माओवादी र कांग्रेसलाई भारतको भ्रमण गराइसकेको छ । तर भाजपाले एमालेलाई अहिलेसम्म भ्रमण नगराएको भएपनि एमाले महासचिव विष्णु पौडेलको निमन्त्रणामा दुई वर्षअघि चौथाईवालेले नेपालको भ्रमण गरिसकेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय संचारमाध्यामहरुले समेत भारतविरोधी नेताका रुपमा लेख्ने गरेका छन् ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top