×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026

कोशीका मुख्यमन्त्रीले लिए शपथ, ३ सदस्यीय मन्त्रिपरिषद् गठन

२२ असार २०८०

२२ असार, विराटनगर ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बिहान शपथ लिएका छन् । उनी हिजो बिहीबार प्रदेश प्रमुख परशुराम खापुङबाट मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । थापालाई आज प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । आफूले शपथ लिएलगत्तै मुख्यमन्त्री थापाले सानो मन्त्रिमण्डल पनि गठन गरेका छन् ।

पहिलो चरणमा उनले नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट एक–एकजनालाई मन्त्री बनाएका हुन् । एकीकृत समाजवादीबाट कमल जबेगु र कांग्रेसबाट प्रदीप सुनार मन्त्री बनेका हुन् । तर उनीहरुको मन्त्रालय तोकिएको छैन । खासमा तीन जना मन्त्री नियुक्त गरेर प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिने मुख्यमन्त्री थापाको तयारी थियो ।

Advertisement

तर मन्त्रीका लागि माओवादीमा विवाद भएपछि थापाले मुख्यमन्त्रीमा निर्धारित समयभन्दा एक घन्टा ढिलो शपथ ग्रहण गरेमा थिए । माओवादीले मन्त्रीका लागि नाम सिफारिस नगर्नुका साथै शपथ ग्रहण कार्यक्रममा उपस्थित भएन । माओेवादी केन्द्रका जीवन आचार्यलाई मन्त्री नियुक्त गरी शपथ ग्रहणको तयारीमा रहेका बेला माओवादीमा विवाद चर्केकोले शपथ ग्रहणमा उपस्थित नभएको एक प्रदेश सांसदले बताए ।

माओेवादीका आचार्य प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाइँ हुन् । यसअघि पनि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा आचार्य पर्यटन, वन तथा वातावरणमन्त्री भएको भन्दै अन्य सांसदहरूले विरोध गरेमा थिए । यस्तै नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धनमा रहेका प्रत्येक दलबाट एक–एक जना मन्त्री नियुक्त गरेर मन्त्रिमण्डल गठन गरी शपथ ग्रहण गर्ने तयारी गरेका थिए ।

तर जनता समाजवादी पार्टीले पनि पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएपछि दुई जना मन्त्रीसहित तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । कांग्रेस प्रदेश संसदीय दलका नेता थापा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

थापाले सभामुख बाबुराम गौतमसहित ४७ जना सांसदको समर्थनमा बिहीबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत नै चाहिन्छ । थापा कांग्रेसका २९, सभामुख गौतमसहित माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ४७ सांसदको हस्ताक्षरमा दाबी पेस गरेर मुख्यमन्त्री बनेका हुन् ।

संविधानविद्हरुले समेत तटस्थ रहनु पर्ने सभामुखलाई सरकार निर्माणमा असंवैधानिक तवरले लगाइएको भन्दै आलोचना गरिरहेका छन् । नेकपा एमालेले यसमा विरोध जनाउँदै सभामुखको हस्ताक्षरससहित मुख्यमन्त्रीमा दाबी गरिएकोमा त्यो स्वीकार नगर्न प्रदेश प्रमुखलाई पत्र नै पठाएको थियो ।

Advertisement

एमाले संसदीय दलले संवैधानिक व्यवस्था विपरीत प्रदेश प्रमुखले मुख्यमन्त्रीमा थापालाई नियुक्त गरेकोविरूद्ध अदालतमा रिट दायर गरेर कानुनी उपचार खोज्ने तयारी गरेको छ । यसअघि कोशीमा एमाले नेतृत्वको सरकार विश्वासको मत पाउन नसकी ढलेको थियो ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top