NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे शुक्रबार साउन २ , २०८२
सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने शुक्रबार साउन २ , २०८२
महिला फुटबल इतिहासकै महँगो खेलाडी बनेकी स्मिथ को हुन् ? शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

चीनले ल्यायो विदेश नीतिसम्बन्धी नयाँ कानुन/बीआरआईलाई भारतको असहयोग

शनिबार असार २३ , २०८०
Reading Time: 1 min read
A A
टेक सुपर पावर बन्दै छ चीन/अमेरिकासहित अरु देशहरु कहाँ छन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ असार, एजेन्सी ।
चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई)लाई लिएर भारतले आफ्नो असहमति फेरि एक पटक दोहोर्याएको छ । चीनको नेतृत्वमा अघि बढेको सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भारतले चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)लाई समर्थन गरेन । भारतले गत मंगलबार एससीओ शिखर सम्मेलनको आयोजना गरेको थियो ।

भर्चुअल रुपमा आयोजना गरिएको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले बीआरआईको विषयलाई जोड दिएका थिए । सीले पूर्वाधार परियोजनाले क्षेत्रीय सहयोग, व्यापार र लगानीलाई सहज बनाउने भन्दै बेल्ट एन्ड रोड परियोजनामा अझ राम्रो समन्वय गर्न आह्वान गरेका थिए । तर सम्मेलन पछिको संयुक्त घोषणा पत्रमा भारतले बीआरआईलाई समर्थन नगरेको हो ।

सन् २०१७ मा एससीओको पूर्ण सदस्य बनेको भारतले कहिले पनि बीआरआईलाई समर्थन गरेको छैन । उसले आफ्नै पूर्वाधार योजनाहरुलाई प्राथमिकता दिने गरेको छ । यसैबीच चीनले जुलाई १ देखि विदेश सम्बन्धमा नयाँ कानुन लागू गरेको छ । यो कानुनले पश्चिमा मुलुकहरुले लगाएको प्रतिबन्धको जवाफ दिने अधिकार राष्ट्रपति सी जिङपिङलाई दिएको छ ।

Advertisement

यो कानुनले विदेश नीतिमाथि राष्ट्रपति सीको नियन्त्रण अझ कसिलो पार्ने विश्लेषण गरिएको छ । चीनको राष्ट्रिय जनकंग्रेसले जुन २८ मा सो कानुन पारित गरेको थियो । कानुनको पहिलो धारामै यो ‘चीनको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र विकाससम्बन्धी स्वार्थहरुको रक्षाका लागि’ बनाइएको उल्लेख छ । एक अधिकारीले विदेश मामिलासम्बन्धी कानुनी प्रणालीमा रहेका कमिकमजोरी सुधार्न यो कानु बनाइएको बताएका छन्।

यसले जोखिम र चुनौतीको सामना गर्न चीनलाई सहयोग गर्ने उनको भनाइ छ । कानुनको उदेश्य भने चिनियाँ विदेश नीतिका लक्ष्यहरुलाई सीको मातहतमा राख्ने र ती लक्ष्यविरुद्ध काम गर्ने जोसुकैलाई सजाय दिन सकिने व्यवस्था गर्नु रहेको देखिन्छ । यो कानुनले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई) र ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई)को समेत उल्लेख गरेको छ।

कानुनले चीनको सार्वभौमसत्ता र सुरक्षालाई चिनियाँ विदेशनीतिको केन्द्रमा राखेको छ । कतिपयले अब चीनले विकासभन्दा सुरक्षा मामिलालाई बढी ध्यान दिन थालेको पनि बताएका छन् । ‘अन्तर्राष्ट्रिय कानुन वा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरु उल्लंघन गर्दै चीनको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र विकास स्वार्थहरुमाथि खतरा उत्पन्न गर्ने कार्यविरुद्ध कारबाही गर्ने र प्रतिबन्ध लगाउने अधिकार चीनसँग् छ,’ कानुनमा भनिएको छ ।

‘विदेशमा रहेका चिनियाँ नागरिक र संस्थाहरुको सुरक्षा, तिनको वैध अधिकार र हितको रक्षा गर्न तथा चीनको वैदेशिक हितको रक्षा गर्न राज्यले कानुन बमोजिम काम गर्नेछ,’ कानुनमा उल्लेख छ । चिनियाँ अधिकारीहरुले यो कानुन ल्याउनुको उदेश्य चीनलक्षित पश्चिमा प्रतिबन्धहरुको जवाफ दिनु भएको भएका छन् ।

यो कानुनले पश्चिमा कम्पनीहरुलाई चीनविरुद्ध लगाइएको कुनै पनि प्रतिबन्ध मान्दै चीनमा सञ्चालन हुनबाट रोक्छ । ‘यो कानुन स्पष्ट रुपमा सबैखाले प्रभुत्ववाद र शक्तिमा आधारित राजनीतिविरुद्ध छ। यो चीनविरुद्धको जुनसुकै खालको एकपक्षीयतावाद, संरक्षणवाद र थिचोमिचोविरुद्ध छ,’ केन्द्रीय विदेश मामिला आयोगका अध्यक्ष वाङ यीले भनेका छन् ।

प्रतिबन्धहरुको जवाफका अलावा यो कानुनले ऋण दिँदा हुने चीनको आलोचनालाई पनि सम्बोधन गर्न खोजेको छ । कानुनको धारा १९ मा भनिएको छ, ‘सहयोग उपलब्ध गराउँदा चीनले सहयोग प्राप्त गर्ने मुलुकहरुको सार्वभौमसत्ताको सम्मान गर्नेछ। साथै उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप वा सहयोगमा कुनै राजनीतिक सर्त गाँस्ने छैन।’

Tags: #बीआरआईलाई#भारतको असहयोग#विदेश नीतिसम्बन्धी नयाँ कानुन

लोकप्रीय

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२

विचार

थप समाचार

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने
अन्तर्राष्ट्रिय

सिरिया टुक्राउने खतरनाक खेल, अल–शराले नेतन्याहुलाई ठेगान लगाउने

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

मङ्लबार साउन ३ , २०७९
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो

शुक्रबार साउन २ , २०८२
राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

राजा नफर्किएपछि राप्रपा भ्रष्टाचारविरुद्ध, दलबलसहित अख्तियार पुगे

शुक्रबार साउन २ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.