×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हरियाणामा अविवाहितले मासिक भत्ता पाउने

२३ असार २०८०

२३ असार,एजेन्सी ।
भारतको हरियाणा राज्यमा अबदेखि अविवाहितले मासिक भत्ता पाउने भएका छन् । हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले प्रान्तका अविवाहित महिला–पुरूषलाई मासिक २ हजार ७५० रूपैयाँ भत्ता दिने घोषणा गरेका हुन् । अविवाहित महिलापुरूष मात्रै होइन पत्नीको मृत्यु भएका विधुर पुरूषले पनि भत्ता पाउने भएका छन् ।

बिबिसीका अनुसार शुक्रबार करनाल जिल्लामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री खट्टरले सो घोषणा गरेका थिए । त्यसका लागि प्रान्त सरकारले सबै तयारी पूरा गरेको पनि उनको भनाइ थियो । पेन्सन पाउनका लागि केही शर्त राखिएका छन् । पहिलो, अविवाहित व्यक्तिको उमेर ४५ वर्षमाथि र ६० वर्षभन्दा तल हुनुपर्छ ।

Advertisement
Advertisement

दोस्रो, त्यस्ता व्यक्तिहरूको वार्षिक आम्दानी १ लाख ८० हजारभन्दा कम हुनुपर्छ । विधुर पुरूषको हकमा ४० वर्ष पार भइ ६० वर्ष ननाघेको र वार्षिक तीन लाख रूपैयाँ भन्दा कम आम्दानी हुनुपर्ने शर्त राखिएको छ । अविवाहितको संख्या ६५ हजार र विधुरको संख्या ५ हजार ६८७ रहेको छ । यो योजना कार्यान्वयनका लागि प्रत्येक महिना २० करोड र वर्षेनि २४० करोड रूपैयाँ खर्च हुने बताइएको छ ।

बिबिसीका अनुसार हरियाणामा पुरूषको भन्दा महिलाको संख्या कम छ । २०११ को जनगणनाअनुसार हरियाणामा औसत एक हजार जना युवकमा ८७७ युवती छन् । भारतमा देशभरी औसतमा एक हजार युवकमा ९२३ युवती छन् ।

Advertisement

लिंगअनुपातसँगै बेरोजगारीका कारण पनि विवाह नभएको बिबिसीले उल्लेख गरेको छ । राज्य ऋणमा डुबेको बेलामा सस्तो लोकप्रियताका लागि भत्ताको योजना ल्याएको भन्दै सरकारको आलोचनासमेत भएको छ । हरियाणाका मुख्यमन्त्री खट्टर र गृहमन्त्री अनिल विजसमेत अविवाहित हुन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top