×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026

नेपालमा बैंकिङ कसुर ह्वातै बढ्यो

२३ असार २०८०

२३ असार,काठमाण्डौ ।
गएको तीन महिनामा बैंकिङ कसुरको अपराध बढेर गएको छ । गएको चैत १५ गतेदेखि असार १५ गतेसम्म बैंकिङ कसुरका मात्र ३ हजार ५ सय ११ वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो वर्षको सोही तीन महिनाको समयमा १ हजार ८ सय ६० वटा मात्र मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता डीआइजी कुवेर बहादुर कठायतले जानकारी दिए ।

त्यस्तै, सार्वजनिक हितलगायत विरुद्धको कसुरका घटना पनि बढेको देखिएको छ । यही तीन महिनाको अवधिमा २ हजार ५ सय ४५ वटा मुद्दा दर्ता भएका थिए । जबकी अघिल्लो वर्षको सोही अवधिमा ३ हजार ३ सय ९५ वटा मात्र मुद्दा दायर भएका छन् ।

Advertisement
Advertisement

वर्षभरिको आत्महत्याको तथ्याङ हेर्दा बढेर गएको देखिएपछि पछिल्लो तीन महिनाको अवधिलाई अघिल्लो वर्षको तीन महिनासँग तुलना गर्दा भने घटेर गएको देखिएको छ । चैत १५ देखि असार १५ गतेसम्म १ हजार ८ सय ७५ वटा घटना भएको देखिएको छ ।

अघिल्लो सोहि दिन महिनामा १ हजार ९ सय १ वटा घटना दर्ता भएका छन् । ‘आत्महत्याका धेरै कारण देखिएका छन् । यस विषयमा प्रहरीले पनि अध्यायन गरिरहेको छ,’ डीआइजी कठायतले भने । लागुऔषधसम्बन्धी घटना पनि यो अवधिमा बढेर गएको देखिएको छ ।

गएको तीन महिनामा १ हजार १ सय वटा दर्ता भएका थिए भने गएको आर्थिक वर्षको चैत, बैशाख जेठ र असार ८ सय ४५ वटा घटना दर्ता भएका थिए। चोरीको घटना पनि न्यून रुपमा बढेको देखिएको छ । काठमाडौं उपत्यकाभित्र दिउँसै हुने चोरी बढेका छन् ।

आर्थिक वर्ष २०७९÷८० चैतदेखि असार १५ गतेसम्म ८ सय ७८ वटा घटना भएका छन् । आर्थिक वर्ष २०७८÷७९ को सोही महिनाभित्र ८ सय ५४ वटा घटना भएको प्रहरीले जानकारी दिएको छ ।

सोही अविधमा जबर्जस्तीकरणीका घटना भने घटेको देखिएको छ । आर्थिक वर्ष २०७९÷ ८० चैतदेखि असार १५ गतेसम्म ६ सय ७५ वटा मुद्दा दर्ता भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ७ सय ५४ वटा घटना दर्ता भएका थिए ।

Advertisement

सवारी ज्यानसम्बन्धी घटना पनि घटेको देखिन्छ । गएको तीन महिनामा ४ सय ८६ वटा घटना देखिन्छ । गएको आर्थिक वर्षको सोही अवधिमा भने ६ सय १० वटा घटना भएका थिए । ठगीका घटना भने बढेको देखिन्छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top