NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ? आइतवार अशोज २६ , २०८२
आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ? आइतवार अशोज २६ , २०८२
विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल आइतवार अशोज २६ , २०८२
Next
Prev

समाचार

कतै नअटाएपछि बाबुरामले अब नयाँ दलसँग सहकार्य गर्ने

आइतवार असार २४ , २०८०
Reading Time: 1 min read
A A
‘बरु प्रधानमन्त्रीका रुपमा लौरो उभ्याउँ, संविधान चाहिँ जोगाऔँ’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ असार, काठमाण्डौ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू समाजवादी मोर्चामा नअटाएपछि यो मोर्चा गठनको रहस्य खोलेका छन् । उनले रहस्यमय ढंगले एकतर्फी रूपमा समाजवादी मोर्चाको घोषणा गरिएको बताएका छन् । आफूहरूसँग परामर्श र छलफलविनै चारदलीय सो मोर्चाको घोषणा गरिएको उनको भनाइ छ ।

शनिबार राति सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस र नेकपा (एमाले)सँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र मोर्चाको आशय देखिएको टिप्पणी गरेका हुन् । संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफलस्वरूप आफूहरूसित मोर्चाबारे छलफल नगरिएको उनको आरोप छ ।

“परन्तु, पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक–राजनीतिक विषयप्रतिको अरुचि÷अनिच्छा र खालि तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफलस्वरूप हामीसँग कुनै परामर्श र छलफलविनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो,” उनले ट्विटरमा लेखेका छन्, “नयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन । किनकि, त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठूलो घात हो ।”

LS Auto

नयाँ ढंगको समाजवादी केन्द्र वा समाजवादी मोर्चा आवश्यक छ भन्ने प्रस्ताव आफूले नै अघि सारेको उनले उल्लेख गरेका छन् । तर, सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले आफूहरू संलग्न नभएको उनले स्पष्ट पारेका छन् । देशमा उदाउँदै गरेका सबै अग्रगामी शक्तिहरूसंग सहकार्य गर्दै आफूहरू बृहत् वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको उनले बताएका छन् ।

“बीचमा केही क्षेत्रीयतावादी शक्तिहरूसँग सहकार्य गर्दा हाम्रो छवि जनसमक्ष धमिलिन पुगेको कुरालाई स्वीकार्दै हामीले आत्मालोचनासहित त्यसलाई सच्याउने कार्य गरिसकेका छौँ,” उनले लेखेका छन्, “अतः नयाँ युगको र देशको आवश्यकताअनुरूप हामी देशमा उदाउँदै गरेका सबै अग्रगामी नयाँ शक्तिहरूसँग सहकार्य गर्दै बृहद् नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढंगले स्पष्ट पार्न चाहन्छौँ ।”

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध समाजवादी मोर्चाप्रति उनले रोष प्रकट गरेका हुन् । समाजवादी मोर्चा बनेपछि त्यसले सरकारलाई अप्ठ्यारो पार्ने कांग्रेस भित्रबाट आशंका ब्यक्त भएपछि अहिले मोर्चा निष्क्रिय जत्तिकै छ । मोर्चा गठन पछि प्रचण्ड र माधव नेपालले भने फेरि नेकपाको वकालत गर्दै आएका छन् ।

Tags: #कतै नअटाएपछि बाबुराम#डा.बाबुराम भट्टराई#नेपाल समाजवादी पार्टी#बाबुरामले नयाँ दलसँग सहकार्य गर्ने

लोकप्रीय

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२

विचार

थप समाचार

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै
समाचार

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड
खेलकुद

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?
ताजा समाचार

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२
आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली
ताजा समाचार

आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ?

आइतवार अशोज २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

आइतवार अशोज २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.