×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

कतै नअटाएपछि बाबुरामले अब नयाँ दलसँग सहकार्य गर्ने

२४ असार २०८०

२४ असार, काठमाण्डौ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू समाजवादी मोर्चामा नअटाएपछि यो मोर्चा गठनको रहस्य खोलेका छन् । उनले रहस्यमय ढंगले एकतर्फी रूपमा समाजवादी मोर्चाको घोषणा गरिएको बताएका छन् । आफूहरूसँग परामर्श र छलफलविनै चारदलीय सो मोर्चाको घोषणा गरिएको उनको भनाइ छ ।

शनिबार राति सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस र नेकपा (एमाले)सँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र मोर्चाको आशय देखिएको टिप्पणी गरेका हुन् । संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफलस्वरूप आफूहरूसित मोर्चाबारे छलफल नगरिएको उनको आरोप छ ।

Advertisement
Advertisement

“परन्तु, पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक–राजनीतिक विषयप्रतिको अरुचि÷अनिच्छा र खालि तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफलस्वरूप हामीसँग कुनै परामर्श र छलफलविनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो,” उनले ट्विटरमा लेखेका छन्, “नयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन । किनकि, त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठूलो घात हो ।”

नयाँ ढंगको समाजवादी केन्द्र वा समाजवादी मोर्चा आवश्यक छ भन्ने प्रस्ताव आफूले नै अघि सारेको उनले उल्लेख गरेका छन् । तर, सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले आफूहरू संलग्न नभएको उनले स्पष्ट पारेका छन् । देशमा उदाउँदै गरेका सबै अग्रगामी शक्तिहरूसंग सहकार्य गर्दै आफूहरू बृहत् वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको उनले बताएका छन् ।

“बीचमा केही क्षेत्रीयतावादी शक्तिहरूसँग सहकार्य गर्दा हाम्रो छवि जनसमक्ष धमिलिन पुगेको कुरालाई स्वीकार्दै हामीले आत्मालोचनासहित त्यसलाई सच्याउने कार्य गरिसकेका छौँ,” उनले लेखेका छन्, “अतः नयाँ युगको र देशको आवश्यकताअनुरूप हामी देशमा उदाउँदै गरेका सबै अग्रगामी नयाँ शक्तिहरूसँग सहकार्य गर्दै बृहद् नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढंगले स्पष्ट पार्न चाहन्छौँ ।”

Advertisement

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध समाजवादी मोर्चाप्रति उनले रोष प्रकट गरेका हुन् । समाजवादी मोर्चा बनेपछि त्यसले सरकारलाई अप्ठ्यारो पार्ने कांग्रेस भित्रबाट आशंका ब्यक्त भएपछि अहिले मोर्चा निष्क्रिय जत्तिकै छ । मोर्चा गठन पछि प्रचण्ड र माधव नेपालले भने फेरि नेकपाको वकालत गर्दै आएका छन् ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top