×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

आरजुलाई पैसा दिएको भन्ने अडिओ शरणार्थी प्रकरणका अभियुक्तको

२४ असार २०८०

२४ असार,काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेर नेपाली कांग्रेसकी नेतासमेत रहेकी सांसद आरजु राणा देउवाको नाम लिइएको अडिओ जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिलेको पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्देश शर्माले आरजु राणाको नाम लिएर सार्वजनिक भएको अडियो उनकै भएको स्पष्ट पारेको हो ।

अडियोमा बोल्ने व्यक्ति सन्देश शर्मा नै भएको प्रहरीले जनाएको छ । यसअघि आरजुले वैशाख २ गते आफ्नो नाम जोडिएपछि साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । सन्देश शर्माको आवाज भएको निर्क्योल लागेपनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ घर भएका ३४ वर्षीय शर्मा कारागारमा छन्। उनीमाथि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले ठगी तथा संगठित अपराध कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ। राणाको नाम लिइएको अडिओ सार्वजनिक भएपछि नेता राणाले उक्त अडिओ ’फेक’ भएको दाबी गर्दै सत्यतथ्य बाहिर ल्याउन प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन्।

नेपाल प्रहरी महानिरीक्षक सचिवालयका प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले आइतबार निवेदकलाई दिएको जानकारी पत्रमा शर्माको स्वरसँग अडिओ मेल खाएको उल्लेख गरेका छन्। ‘उक्त अडिओ कहाँ र कसबाट उत्पति भएको भन्ने सम्बन्धमा टिकटक सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन सकेको छैन।

निज सन्देश शर्माको सम्बन्धमा मुद्दा अदालतमा कारबाहीकै क्रममा रहेकोले थप विवरण अदालतबाट हुने व्यहोरा जानकारी गराइन्छ,’ उक्त जानकारी पत्रमा उल्लेख छ। यसअघि नै सार्वजनिक अडिओमा भुटानी शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको छ ।

यो अडिओ सार्वजनिक भएपछि पनि प्रहरीले अनुशन्धानको दायरामा नल्याएको भन्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका सांसदहरुले पटक पटक ध्यानाकर्षण गराएका थिए । राणाले उक्त अडिओमाथि छानबिन गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा गत वैशाख २७ गते उजुरी दिएकी थिइन्।

Advertisement

उनले उजुरीमा ‘मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसले, कसरी र के उद्देश्यले रेकर्ड गरेका हुन् ? उक्त अडिओका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कडाभन्दा कडा कारबाही गरियोस्’ भनेर लेखेकी थिइन्। आरजुले यस विषयमा संसदमा समेत आफ्ना धारणा राख्दै आफु कहीकतै शरणार्थी प्रकरणमा नजोडिएको भन्दै आफ्नो राजनीति समाप्त गर्न षड्यन्त्र गरिएको आरोप लगाएकी थिइन ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top