NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

मर्निङ वाकमा हिंड्नेको सुनको सिक्री लुट्ने समूह पक्राउ

आइतवार असार २४ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
मर्निङ वाकमा हिंड्नेको सुनको सिक्री लुट्ने समूह पक्राउ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ असार, काठमाण्डौ ।
मर्निङ वाकमा हिंडेका महिलाको सुनको सिक्री शृंखलाबद्ध रुपमा लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उमेश क्षेत्री, रविन दमाइ, रविन विक र राहुल माझीलाई पक्राउ गरेको हो ।

उनीहरुको समूहले १ देखि २० असारसम्म काठमाडौंका विभिन्न स्थानमा ८ जनाको सिक्री लुटेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार पहिलो घटना १ असारको बिहान कपुरधारामा भएको थियो । जहाँ मर्निङ वाक् हिंडिरहेकी रमा पाण्डेले घाँटीमा लगाएको गहना २ जनाले लुटपाट गरेका थिए ।

त्यही दिन टोखाको ग्राण्डी अस्पताल नजिक लुटपाट भयो । लुटपाटको शैली कपुरधाराकै जस्तो थियो भने सीसीटीभी फुटेजमा केटीएम ड्युक मोटरसाइकल र लुटपाटमा संलग्न व्यक्तिको थोरै हुलिया मात्र देखिएको प्रहरीले जनाएको छ ।

LS Auto

३ गते बिहान ४ः४५ बजेतिर नागार्जुन बुद्धचोक क्षेत्रमा दुई जनाको समूहले ५५ वर्षीया रेखा घिमिरेको घाँटीमा लगाएको गहना लुटपाट भयो । लुटपाट गर्नेहरु मोटरसाइकलमा आएका थिए । घटना लगत्तै प्रहरीले तत्काल हेरेको सीसीटीभी फुटेजमा लुटपाटमा संलग्न भएको व्यक्ति अघिल्ला घटनामा जस्तै हुडी लगाएका थिए ।

चौथो घटना १३ गते टोखामै भयो । मोटरसाइकलमा आएका दुई जनाको समूहले मंगली माया डंगोलले घाँटीमा लगाएको गहना लुटेर भागेको थियो । यसमा पनि केटीएम ड्युक बाइक प्रयोग भएको सीसीटीभी फुटेजमा देखिन्छ ।

१९ गते टोखामै मर्निङ वाकमा निस्किएकी ३४ वर्षीया गंगा राना मगर लुटपाटमा परिन् । उनले घाँटीमा लगाएको सुन चोरिएको थियो । ‘यसमा एउटै खालको शैली थियो’ महाशाखा प्रमुख डा. मनोज केसीले भने, ‘एउटै ग्रुप वा पछाडिको मान्छे एउटै हुनसक्छ भन्ने थियो । त्यहीअनुसार प्रहरी खटाएका थियौं ।

’ छैटौं घटना चक्रपथको बगलामुखी क्षेत्रमा ६० वर्षीया कान्छी श्रेष्ठले लगाएको गहना लुटिएको थियो । २० गते टोखा ३ को शेर्पा पेट्रोल पम्प नजिक रिता श्रेष्ठ लुटपाटमा परिन् । सातौं घटनासम्म आइपुग्दा प्रहरीले एउटै व्यक्तिले एउटै शैली र एउटै उद्देश्यले लुटपाट गरिरहेको पत्ता त लगायो, तर अभियुक्तसम्म पुगेको थिएन ।

त्यहीदिन चागलमा अर्को लुटपाट भयो । बिहान तीन जनाको समूहमा मर्निङवाकमा हिंडिरहेकी सरस्वती डंगोलको सिक्री लुटपाट भयो । बिहान निकै उज्यालो भइसकेको समयमा भएको यो घटनामा भने प्रहरीले अभियुक्तसम्म पुग्नसक्ने गरी सीसीटीभी फुटेज भेट्टायो ।

‘सीसीटीभी फुटेज क्लियर भएपछि अनुसन्धानमा लिड दिने अवस्था बन्यो’ महाशाखाका प्रमुख मनोज केसीले भने । अनुसन्धानका क्रममा प्रहरीले हुडीका कारण लुटपाट गर्ने रविन दमाईलाई पक्राउ गर्याे ।

व्यवस्थापन गर्ने उमेश क्षेत्री, मोटरसाइकल चलाउने रविन बिकका साथै लुटपाट गरिएको सुन बिक्री गर्न सघाउने राहुल दमाई पनि पक्राउ परेका छन् । केसीका अनुसार सबै घटनामा रविनले सिक्री लुटपाट गर्ने गरेका थिए । उनले लगाएको हुडी लगायतका सबै सामग्री बरामद भएको छ ।

लुटपाटमा प्रयोग भएको मोटरसाइकल चोरीकै थियो । उनीहरुको साथबाट ११ दशमलव २ ग्राम तौलको सुनको ढिक्का, सिक्री लुटने क्रममा प्रयोग गरिएका २ वटा मोटरसाईकल, ४७ ग्रामको सुनको नेक्लेस र ६ थान मोवाईल सेट बरामद गरिएको छ । लुटिएका सो सुनको कारोबार गर्ने कार्यमा संलग्नहरुको पनि खोजी भईरहेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताए ।

Tags: #सिक्री चोर समातिए#सिक्री लुट्ने समूह पक्राउ#सुनको सिक्री लुट्ने समूह पक्राउ

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: जनसंख्या घटेपछि चीन चिन्तित, युक्रेनी मध्यभागमै पुग्यो रुस || Nepal Times

World News: जनसंख्या घटेपछि चीन चिन्तित, युक्रेनी मध्यभागमै पुग्यो रुस || Nepal Times

00:10:17

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

00:11:33

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

00:09:11

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
स्थानीय तह चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना

नेपालमा कति छ प्रहरीको संख्या ?

आइतवार साउन २७ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.