×

NEPAL TIMES UPDATES

Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026

मर्निङ वाकमा हिंड्नेको सुनको सिक्री लुट्ने समूह पक्राउ

२४ असार २०८०

२४ असार, काठमाण्डौ ।
मर्निङ वाकमा हिंडेका महिलाको सुनको सिक्री शृंखलाबद्ध रुपमा लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उमेश क्षेत्री, रविन दमाइ, रविन विक र राहुल माझीलाई पक्राउ गरेको हो ।

उनीहरुको समूहले १ देखि २० असारसम्म काठमाडौंका विभिन्न स्थानमा ८ जनाको सिक्री लुटेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार पहिलो घटना १ असारको बिहान कपुरधारामा भएको थियो । जहाँ मर्निङ वाक् हिंडिरहेकी रमा पाण्डेले घाँटीमा लगाएको गहना २ जनाले लुटपाट गरेका थिए ।

Advertisement

त्यही दिन टोखाको ग्राण्डी अस्पताल नजिक लुटपाट भयो । लुटपाटको शैली कपुरधाराकै जस्तो थियो भने सीसीटीभी फुटेजमा केटीएम ड्युक मोटरसाइकल र लुटपाटमा संलग्न व्यक्तिको थोरै हुलिया मात्र देखिएको प्रहरीले जनाएको छ ।

३ गते बिहान ४ः४५ बजेतिर नागार्जुन बुद्धचोक क्षेत्रमा दुई जनाको समूहले ५५ वर्षीया रेखा घिमिरेको घाँटीमा लगाएको गहना लुटपाट भयो । लुटपाट गर्नेहरु मोटरसाइकलमा आएका थिए । घटना लगत्तै प्रहरीले तत्काल हेरेको सीसीटीभी फुटेजमा लुटपाटमा संलग्न भएको व्यक्ति अघिल्ला घटनामा जस्तै हुडी लगाएका थिए ।

चौथो घटना १३ गते टोखामै भयो । मोटरसाइकलमा आएका दुई जनाको समूहले मंगली माया डंगोलले घाँटीमा लगाएको गहना लुटेर भागेको थियो । यसमा पनि केटीएम ड्युक बाइक प्रयोग भएको सीसीटीभी फुटेजमा देखिन्छ ।

१९ गते टोखामै मर्निङ वाकमा निस्किएकी ३४ वर्षीया गंगा राना मगर लुटपाटमा परिन् । उनले घाँटीमा लगाएको सुन चोरिएको थियो । ‘यसमा एउटै खालको शैली थियो’ महाशाखा प्रमुख डा. मनोज केसीले भने, ‘एउटै ग्रुप वा पछाडिको मान्छे एउटै हुनसक्छ भन्ने थियो । त्यहीअनुसार प्रहरी खटाएका थियौं ।

’ छैटौं घटना चक्रपथको बगलामुखी क्षेत्रमा ६० वर्षीया कान्छी श्रेष्ठले लगाएको गहना लुटिएको थियो । २० गते टोखा ३ को शेर्पा पेट्रोल पम्प नजिक रिता श्रेष्ठ लुटपाटमा परिन् । सातौं घटनासम्म आइपुग्दा प्रहरीले एउटै व्यक्तिले एउटै शैली र एउटै उद्देश्यले लुटपाट गरिरहेको पत्ता त लगायो, तर अभियुक्तसम्म पुगेको थिएन ।

त्यहीदिन चागलमा अर्को लुटपाट भयो । बिहान तीन जनाको समूहमा मर्निङवाकमा हिंडिरहेकी सरस्वती डंगोलको सिक्री लुटपाट भयो । बिहान निकै उज्यालो भइसकेको समयमा भएको यो घटनामा भने प्रहरीले अभियुक्तसम्म पुग्नसक्ने गरी सीसीटीभी फुटेज भेट्टायो ।

‘सीसीटीभी फुटेज क्लियर भएपछि अनुसन्धानमा लिड दिने अवस्था बन्यो’ महाशाखाका प्रमुख मनोज केसीले भने । अनुसन्धानका क्रममा प्रहरीले हुडीका कारण लुटपाट गर्ने रविन दमाईलाई पक्राउ गर्याे ।

व्यवस्थापन गर्ने उमेश क्षेत्री, मोटरसाइकल चलाउने रविन बिकका साथै लुटपाट गरिएको सुन बिक्री गर्न सघाउने राहुल दमाई पनि पक्राउ परेका छन् । केसीका अनुसार सबै घटनामा रविनले सिक्री लुटपाट गर्ने गरेका थिए । उनले लगाएको हुडी लगायतका सबै सामग्री बरामद भएको छ ।

Advertisement

लुटपाटमा प्रयोग भएको मोटरसाइकल चोरीकै थियो । उनीहरुको साथबाट ११ दशमलव २ ग्राम तौलको सुनको ढिक्का, सिक्री लुटने क्रममा प्रयोग गरिएका २ वटा मोटरसाईकल, ४७ ग्रामको सुनको नेक्लेस र ६ थान मोवाईल सेट बरामद गरिएको छ । लुटिएका सो सुनको कारोबार गर्ने कार्यमा संलग्नहरुको पनि खोजी भईरहेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताए ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top