×

NEPAL TIMES UPDATES

Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026

एमालेले अवरोध हटाउने भनेपनि संसद बैठक किन सर्याे ?

२४ असार २०८०

२४ असार काठमाण्डौ ।
प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सोमबार अपराह्न तीन बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । यसअघि आज एक बजेका लागि बोलाइएको बैठक तोकिएको समयमा बस्न सकेको थिएन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै लगातार संसद अवरोध गरिरहेको छ । भारतीय व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको प्रचण्डको अभिव्यक्तिमा एमाले आक्रामक बनेको हो ।

Advertisement

यद्यपी आज प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा संसद अवरोध हटाउने विषयमा छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न एमाले तयार भएको भन्दै प्रधानमन्त्रीले आज बैठकमा जवाफ दिने तयारी गरेका थिए।

प्रचण्डकै आग्रहमा एक बजेको बैठक ३ बजे सारिएको पनि थियो । तर अन्तिम समयमा आएर प्रधानमन्त्रीकै आग्रहमा सभामुख घिमिरेले बैठक भोलिसम्मका लागि सारेका हुन् । बैशाख २० मा एमालेले प्रचण्डको राजीनामा माग्दै सदन अवरोध गरेको थियो ।

अब भोलीको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो उक्त अभिव्यक्तिबारे जवाफ दिने भएका छन् । तर आत्मालोचनासहित संसदलाई आश्वस्त नपारे सदन अवरुद्ध हुनसक्ने एमालेले बताएको छ । एमालेले प्रतिनिधिसभामा बेला–बेलामा अवरोध गरेर आफ्ना मागलाई बलियो गरी उठाउने भएपनि सम्झौतामा लिएर टुंग्याउने गरेको छ ।

तत्कालीन सभामुख अग्नि सापकोटाको राजीनामा मागेर २०७८ मा दुई अधिवेशन एमालेले अवरोध गरेको थियो । तर बिनाउपलब्धि त्यतिबेला पनि एमाले पछि हटन बाध्य भएको थियो । अहिले पनि एमालेको अवरोधकै कारण मिटरब्याजीसम्बन्धी कानुनी निष्क्रिय भएको छ ।

Advertisement

बैशाख २० मा ल्याएको अध्यादेश असार २० मा निष्क्रिय भयो भने विधेयक पारित हुने सकेन । यता एमालेकै अवरोधका कारण आज पनि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आइतबार साढे ११ बजेपछि सुरु भएको बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित भएको हो । राष्ट्रियसभाको बैठक लगातार चौथोपटक स्थगित भएको हो ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top