×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तोसिमाले के बोलिन् अनि किन माफी मागिन् ?

२८ असार २०८०

२८ असार, काठमाण्डौ ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी वियोगमा छन् । पत्नी सीताको बुधबार निधन भएपछि उनलाई हौसला, आँट हिम्मतसहित सबै क्षेत्रबाट समवेदना आईरहेको छ । प्रधानमन्त्रीको परिवार प्रतिको यो दुखको घडीमा छिमेकी राष्ट्रका सरकार प्रमुखदेखि पूर्व राजा अनि के प्रतिपक्ष के सत्ता पक्ष सबै राजनीतिक दलहरुले प्रचण्डप्रति समवेदनासहित सीताप्रति श्रद्धान्जली ब्यक्त गरिरहेका छन् ।

तर सीताको पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदे गर्दा पशुपति परिषरमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीको एक अभिब्यक्तिले पनि उनकै आलोचनाको आँधीबेहरी ल्याएको छ । पत्नी वियोगमा रहेका प्रधानमन्त्री प्रचण्डलाई लक्षित गरेर असंवेदनशील अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भएको छ ।

Advertisement
Advertisement

बढ्दो आलोचनाकै कारण उनले माफी समेत माग्नु परेको छ । प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जली दिन पुगेकी उनले दिएको अभिव्यक्ति असंवेदनशील भएको आरोप लागेको हो । तोसिमाको अभिव्यक्तिसम्बन्धी सार्वजनिक भिडियो क्लिप्समा उनले ‘आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नु भएन, श्रीमतीका लागि केही गर्न सक्नु भएनभने राष्ट्रका लागि के गर्नु होला त ?’ भन्नेलगायतका अभिव्यक्तिहरु दिएकी छन् ।

एक प्रश्नमा उनले भनेकी छन्, ‘.हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ । परिवारलाई संरक्षण र जोगाउनुपर्ने दायित्व हुन्छ । त्यसमाथि पनि प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नु होला त ? भन्ने प्रश्नहरु पनि आउन सक्छन् । त्यही भएर उहाँ ब्यालेन्स नै तरिकाले लाग्नुभएको भन्ने बुझ्छु ।

…… अहिले विछिप्त भएको अवस्थामा धेरै टिकाटिप्पणी नगरौँ ।’ उनले थप भनेकी छन्– प्रधानमन्त्रीले पटक पटक यसरी परिवारका सदस्यहरु गुमाउँदै गर्दाखेरी उहाँले फर्केर आफू द्वन्द्वकालमा हुँदैगर्दा आफ्नो परिवारका सदस्यहरु, श्रीमानहरु गुमाएका, श्रीमतीहरु गुमाएका छोराछोरी गुमाएका ती तमाम आम नागरिकको दुखलाई पनि सम्झनुपर्छ ।

आफ्नै दुःख सरह बुझनुपर्छ । र त्यसको लागि के गर्नुुपर्छ र कसरी सम्बोधन हुनसक्छ भन्ने कुराचाहिँ प्रधानमन्त्रीको हैसियतमा भइसकेको एउटा राष्ट्रको पिताको रुपमा हेर्ने व्यक्तिले सम्झनुपर्छ । यस्तै तोसिमाले नयाँ युगका क्रान्तिमा होमिएका आफूहरुजस्ता युवा महिलाहरुले सीता दाहालबाट सिक्नुपर्नेचाहिँ धेरै रहेको बताएकी छन् ।

उनले भनेकी छन्, ’जीवनभरी संघर्ष गर्दा, एउटा छोरा गुमाउँदा पनि कतिपनि बिचलित नभइकन राष्ट्रकै गरिमाय पदमा हुनुभएकी श्रीमानको सदैव साथ दिइराख्नु भयो । त्योबाट पनि हामीले के बुझ्न सक्छौँ भन्दा हिजोको दिनमा क्रान्तिमा होमिका तमाम ती महिला दिदीबहिनीहरु जो हिजो बलात्कारजस्तो क्रन्दनहरु पनि भोग्नुपर्यो । त्यस्तो सम्मको पीडा भोग्नुपरेको थियो । उत्पीडन भोग्नुपरेको थियो ।

त्यसका बाजजुत जुन एउटा व्यवस्था स्थापनाका लागि संघर्ष गर्नुभएको छ । उहाँहरु उदाहरणीय हुनुपर्छ । हामी महिलाहरुले, हामी नयाँ युगका क्रान्तिमा होमिएका हामीजस्ता युवा पहिलाहरुले पनि उहाँबाट सिक्नुपर्नेचाहिँ कुरा छ………।’ यो अभिब्यक्तिको आलोचना भएपछि माफी माग्दै तोसिमाले आफूले बोलेको बाइट तोडमोड भएको बताएकी छन् । उनले पूरा भिडियो सुन्न आग्रह गर्दै तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोकामा क्षमायाचना गरेकी छन् ।

उनले लेखेकी छन्, सम्माननीय प्रधानमन्त्रीज्यु की धर्मपत्नी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार आदर्णिय आमा सीता दाहालको असामयिक निधनले समग्र देशवासीलाई मर्माहित तुल्याएको छ, जीवनभर संघर्ष, त्याग, योगदान गरी आफ्नो श्रीमान तथा समग्र पार्टीकै खम्बा बनेर निरन्तर यो व्यवस्थाको लागी दिनुभएको योगदान लाई ईतिहासले सम्झनुपर्छ्र उहाँले आफ्नो जीवनभर विना स्वार्थ विना कुनै पद र सम्मानको लोभ, गर्नुभएको योगदान प्रति नतमस्तक छौँ, सम्मानित उहाँप्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै प्रधानमन्त्रीज्यु र समग्र परिवारलाई विचलित नभई यो दुःखद घडिको सामना गर्न शक्ति मिलोस् भनि कामना गर्न चाहन्छु ।

Advertisement

(म स्वयम्ले पेरिस डाँडामा राखिएको उहाँको सम्मानित पार्थिव शरिरमा फूल र श्रद्दा अर्पण गरेपछि केहि मिडियाकर्मी साथीहरुले लिनुभएको बाईटलाई तोडमोड गरी राखिएकोमा, पुरा भिडियो सुन्नुहुन आग्रह गर्न चाहन्छु् र साथै तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु)

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top