मस्कको लडाईको चुनौती जुकरबर्गले स्वीकारे, थाले प्रशिक्षण

२७ असार, एजेन्सी ।
विश्वकै लोकप्रिय सामाजिक संजाल फेसबुकका संस्थापक तथा अर्बपति मार्क जुकरबर्ग केज म्याचको तयारीमा जुटेका छन् । उनको अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) मिडलवेटका च्याम्पियनसँग प्रशिक्षण गरिराखेको तस्बिर सार्वजनिक भएको छ । जुकरबर्गलाई यसअघि अर्का धनाढ्य तथा स्पेस एक्सका मालिक एलन मस्कले ‘केज म्याच’का लागि चुनौती दिएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मस्कको चुनौती स्वीकार गरेका जुकरबर्गले त्यसैको तयारीका लागि प्रशिक्षण सुरु गरेका हुन् । उनले ‘यो निकै गम्भीर काम हो’ लेख्दै तीन फोटो पोस्ट गरेका छन् । जुकरबर्गले प्रशिक्षण गरिराखेको तस्विर यूएफसी मिडलवेट च्याम्पियन इजराइल अडेसान्याले ट्विटरमा सार्वजनिक गरेका छन् ।

मस्कसँग जुकरबर्गको सम्भावित लडाइँको विषय पछिल्लो हप्तायता निकै चर्चाको विषय बनिरहेको छ । यस विषयमा यूएफसीका अध्यक्ष डाना ह्वाइटले हालै न्युयोर्क टाइम्सलाई आफूले दुई धनाढ्यहरुबीचको लडाइँका लागि मद्दत गर्ने बताएका थिए ।

हालसम्म जुकरबर्ग र मस्कबीचको ‘फाइट’ हुन्छ भन्नेबारे भने निश्चित भइसकेको छैन । भिड्न्तको लागि मस्कको तयारी पनि सार्वजनिक भएको छ । यसअघि मस्कले ब्राजिलियन जिउ–जित्सु ब्ल्याक बेल्ट लेक्स फ्रिडम्यानसँग गरेको प्रशिक्षणको तस्बिरहरू केही हप्ताअघि सार्वजनिक भएको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top