×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीअब केएमसीमा

२९ असार २०८०

२९ असार, काठमाडौं ।

चर्चित मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर अरुण सायमी काठमाडौँ मेडिकल कलेजमा आबद्ध हुने भएका छन् । सहिद गंगालाल हृदय केन्द्रका संस्थापक अध्यक्षसमेत रहिसकेका डा.सायमीले कार्डियोलोजी विभागमा प्रोफेसरको रूपमा सेवा दिँदै आएका थिए । उनले केएमसीले कार्डियोलोजी विभागलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने केएमसीका जनरल मेनेजर नारायण दाहालले बताएका छन् ।

Advertisement
Advertisement

उनले भने ‘साउन १ गतेदेखि प्रसिद्ध मुटु रोग विशेषज्ञ डा. अरुण सायमीले केएमसीमा सेवा दिँदै हुनुहुन्छ । केएमसीमा मुटु रोगीहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न उहाँलाई नियुक्त गरेका हौँ ।’ नेपालका अनुभवी मुटु रोग विशेषज्ञ चिकित्सकहरू मध्येका एक डा. सायमी पनि एक हुन् । उनले ४० वर्षदेखि एमविविएस, एमडी, डिएम कार्डियोलोजीका विद्यार्थीहरूलाई अध्यापनसमेत गराउँदै आएका छन् ।

Advertisement
Advertisement

डा. सायमीसँग करिब २१ वर्ष नेपाल सरकारका प्रधानमन्त्रीको निजी चिकित्सक समेत रहेर काम गरेको अनुभव रहेको छ । समाजसेवा र स्वास्थ्य सेवालाई एक साथै अगाडि बढाउँदै राजनीतिमा सक्रिय डा. सुनिलकुमार शर्माले केएमसीको नेतृत्व सम्हाले पछि त्यहाँको स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाइएको केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले बताएकी छिन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top