×

NEPAL TIMES UPDATES

Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026
Playing
डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिने || Nepal Times
Apr 07, 2026
Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026

युरोप, अमेरिकासंगै चीनमा अत्याधिक गर्मी, चेतावनी जारी

३० असार २०८०

३० असार, एजेन्सी ।
दक्षिणी युरोपमा अत्यधिक तापक्रम बढेसँगै इटलीका १६ सहरहरूमा चेतावनीको सूचना जारी गरिएको छ । युरोपेली देशहरूसँगै अमेरिका, चीन, उत्तर अमेरिका र जापानमा पनि तापक्रम बढेको बीबीसीले जनाएको छ । स्वस्थ मानिसहरूलाई पनि जोखिम पु¥याउनसक्ने तहमा उच्च तापक्रम बढ्नसक्ने भन्दै इटलीका पर्यटकीय सहरहरू रोम, फ्लोरेन्स र बोलोन्यामा सावधानी अपनाउन भनिएको छ ।

अर्को उष्णलहर युरोपतर्फ अघि बढेसँगै आगामी साता यो क्षेत्रको तापक्रम उच्च हुने ठानिएको छ । भूउपग्रहबाट जमिन र समुद्रको तापक्रम निगरानी गर्दै आएको युरोपियन स्पेस एजेन्सीले इटली, स्पेन, फ्रान्स, जर्मनी र पोल्यान्डमा अत्यधिक गर्मी हुने जनाएको छ । युरोपको मध्य भागमा रहेका जर्मनी र पोल्यान्ड लगायतका देशहरूमा पनि अत्यधिक तापक्रम पुगेको छ ।

Advertisement

अमेरिकामा पनि अत्यधिक तापक्रम सहितको उष्णलहरको पूर्वानुमान गरिएको छ र दक्षिणपूर्वी क्षेत्रमा चेतावनीहरू जारी गरिएको छ । शुक्रवार जारी गरिएको तापक्रम सावधानी सम्बन्धी सूचनाले अमेरिकाको फ्लोरिडा, टेक्सस, क्यालिफोर्निया देखि वासिङ्टनसम्मका ११ करोड मानिसहरूलाई प्रभावित गरेको थियो ।

मानिसहरूले चिसोका लागि प्रयोग गर्ने वातानुकूलन उपकरण (एसी)को प्रयोगका कारण टेक्सस राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान बनेको छ । आगामी दिनमा करिब २ करोड ७० लाख मानिसहरूले ४३ डिग्री सेल्सियस भन्दा बढीको तापक्रम सामना गर्ने पूर्वानुमान गरिएको छ । निश्चित समयमा अधिक गर्मी हुने मौसमको प्राकृतिक प्रणाली भए पनि विश्वव्यापी तापमान वृद्धिका कारण संसारभर यस्तो अवस्था छिटो छिटो, अत्यधिक र लामो समयसम्म रहने गरेको छ ।

शनिवारको उष्णलहर पुगेको क्षेत्रका मानिसहरूलाई बिहान ११ बजेबाट साँझ छ बजेसम्म प्रत्यक्ष घामको प्रकाशमा नपर्ने इटलीको सरकारले सुझाव दिएको छ । त्यहाँको सरकारले ज्येष्ठ नागरिक र स्वास्थ्यको जोखिममा रहेका मानिसहरूलाई विशेष हेरचाह पु¥याउन पनि भनेको छ । ग्रिसमा पछिल्ला दिनहरूमा तापक्रम बढेर ४० डिग्री सेल्सियस माथि पुगेको छ ।

तापक्रम बढेसँगै तीव्र हावा बहने बनजङ्गल क्षेत्रमा डढेलो फैलनसक्ने चिन्ता सुरू भएका छन् । ग्रिसमा सन् २०२१ मा असाधारण उष्णलहर चलेकै समयमा ठूलो डढेलो फैलिएको थियो । चेक रिपब्लिकको मौसम कार्यालयले पनि सप्ताहान्तमा तापक्रम ३८ डिग्री सेल्सियस भन्दा माथि पुग्नसक्ने चेतावनी जारी गरेको छ । यस्तो गर्मी चेक रिपब्लिकका लागि निकै असाधारण हो ।

यद्यपि यूकेमा भने ठूलो वर्षा र आँधी सहितको हावा चल्ने पूर्वानुमान छ । मौसम निम्त्याउने जेट स्ट्रीम दक्षिणतर्फ सरेका कारण युरोपका धेरै क्षेत्रमा गर्मी बढ्ने तर यूकेमा शीतल हावा बहने आकलन गरिएको छ । पानी पिउन, कफी र मदिरा नपिउन सुझाव युरोपको अहिलेको उष्णलहरलाई इटलीको मेट्रोलोजिकल सोसाइटीले सर्बरस नाम दिएको छ ।

चारुन नाम दिइएको अर्को उष्णलहरले आगामी साता त्यहाँको तापक्रम ४० डिग्री सेल्सियस पु¥याउने आकलन गरिएको छ । उष्णलहर प्रभावित क्षेत्रहरूमा मानिसहरूलाई कम्तीमा दुई लिटर पानी पिउन भनिएको छ शरीरमा निर्जलीकरण निम्त्याउनसक्ने कफी र मदिरा नपिउन भनिएको छ ।

Advertisement

युरोपको मौसम निगरानी सेवाले यो वर्षको जुन महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै तापक्रम पुगेको जनाएको छ । युरोपमा अहिलेसम्मकै सबैभन्दा धेरै तापक्रम सन् २०२१ को अगस्टमा सिसिलीमा ४८.८ डिग्री सेल्सियस मापन भएको थियो ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top