×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ललिता निवास प्रकरणको फैसला सुनाउदै अदालत / अभियुक्त थुनामुक्त होलान् ?

५ श्रावण २०८०

५ साउन, काठमाण्डौ ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज (शुक्रबार) निर्णय सुनाउने भएको छ।

बहालवाला सचिव कृष्ण बहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दामा सोमबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

Advertisement

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा बिहीबार नै बहस सकिएको थियो। बिहीबार सुरुमा सरकारी पक्षबाट बहस भएको थियो। त्यसपछि रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए। बिहीबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सुशील पन्त, उपेन्द्रकेशरी न्यौपाने र राधेश्याम अधिकारीले जवाफी बहस गरेका थिए।

सरकारी दस्तखत तथा कागजात कीर्ते गरी ललिता निवासको सरकारी जग्गा व्यक्तिको कायम गराउने काममा संलग्न भएको आरोप लागेकाहरुले आफूहरुलाई गैरकानुनी रुपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै रिट दायर गरेका हुन्।

सर्वोच्चले रिटमा दाबी गरिएअनुसार आदेश वा फैसला गरेमा उनीहरु थुनामुक्त हुनेछन्। उनीहरुलाई पक्राउ गर्ने अनुमति सदर गरेमा भने प्रहरी अनुसन्धान सकेर मुद्दा अदालत पुगी थुनछेक आदेश नहुञ्जेलसम्मलाई उनीहरुले थुनामा बस्नुपर्नेछ।

Advertisement

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top