५ साउन, काठमाण्डौ ।
प्रहरीले गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक घरबाट वर्षाैदेखि धार्मिक आस्थाका साथ पूजा गर्दै आएको ५४ किलोको क्वार्ज क्रिष्टल बरामद गरेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सम्बन्धित पक्षको चित्त बुझाएर संग्राहलयमा राख्न सुझाव दिएका छन् ।
गोरखामा एक स्थानीयको घरबाट प्रहरीले जाककचबुझनिम्ति लिएको मणि पत्थरको अवलोकन पछि डा भट्टराई आफूले त्रिविविका सम्बन्धित विषयविज्ञहरूबाट बुझे अनुसार यो अर्ध–बहुमूल्य पत्थर क्वार्ज क्रिष्टल रहेको भन्दै स्थानीय परिवारले पुस्तौंदेखि धार्मिक आस्थाको रूपमा पूज्दै आएको हुदा वहाहरूको चित्त बुझाएर यसलाई सार्वजनिक अवलोकनकानिम्ति गोरखा दरबार संग्रहालयमा राख्नु उपयुक्त हुने बताएका छन् ।
उनले यसमा स्थानीय सरकारले ध्यानाकर्षण समेत गराएका छन् । गएको असार १४मा गरगहना बनाउन प्रयोग हुने महँगो धातु अवैध रुपमा किनबेच हुन लागेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले बरामद गरेको थियो ।
प्रारम्भिक अनुसन्धानबाट उक्त ढुंगा क्वार्ज क्रिष्टल भन्ने खुल्न आएको र थप परीक्षणको तयारी भइरहेको प्रहरीले जनाएको छ । परीक्षणका लागि पुरातत्व विभाग पठाउने भनिएपनि अहिलेसम्म त्यो पथ्थर गोरखा प्रहरी कार्यालयमा नै राखिएको छ।
क्वार्ट्जलाई स्फेटिक पनि भनिन्छ । यो एक खनिज हो। यो बालुवा र ग्रेनाइट को मुख्य घटक हो। क्वार्ट्ज पृथ्वीको महाद्वीपीय क्रस्ट (पहिलो फेल्डस्पार) मा दोस्रो सबैभन्दा प्रचुर मात्रामा पाइने खनिज हो।
यो क्ष्इद्ध को सिलिकन–अक्सिजन टेट्राहेड्रनबाट बनेको हुन्छ । जसमा प्रत्येक अक्सिजन दुई टेट्राहेड्रामा बाँडिएको छ। यसरी यसको प्रभावकारी आणविक सूत्र क्ष्इद्द हो। क्वार्ट्ज धेरै प्रकारका हुन्छन्। यी मध्ये धेरै मूल्यवान रत्नहरू छन्।
विभिन्न प्रकारका क्वार्ट्जहरू प्राचीन कालदेखि नै विशेष गरी युरोप र मध्य पूर्वमा गहना बनाउनका लागि प्रयोग हुँदै आएको छ । क्वार्ट्ज शब्द जर्मन शब्द ’क्वार्ज’ बाट आएको हो जसको अर्थ ’कडा’ हो।