×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

अनुदान दिन्छु भनेको सरकारले महावीरलाई ऋण बोकायो

१० श्रावण २०८०

१० साउन,काठमाण्डौ ।
नेपाली बैज्ञानिक तथा राष्ट्रिय आविष्कार केन्द्रका संचालक महावीर पुन नेतृत्वको आविष्कार केन्द्रको टोलीले पछिल्लो समय बीरगंजको कृषि औजार कारखाना संचालनका लागि काम गरिरहेको छ ।

दाताको आर्थिक सहयोग र आफ्नै समन्यवमा मात्रै विभिन्न मेसिनरी सामग्रीहरु निर्माण गर्दै आएको केन्द्रले कृषि औजार कारखानाबाट परीक्षणका रुपमा विभिन्न औजारहरु उत्पादन गरिसकेको छ । आफ्नै श्रम र प्राप्त सहयोगमा काराखना चलाईरहेको छ ।

Advertisement
Advertisement

यसका लागि पटक पटक सरकारसँग सहयोग र समन्वयको लागि हारगुहार गरिरहेको केन्द्रलाई अनुदानको वचन दिएर सरकारले उल्टै केन्द्रलाई ऋणको भारी बोकाईदिएको छ । सरकारले अनुदान दिएको भनिएको १ करोड रकमलाई १० प्रतिशत ब्याजदरसहित अहिले ऋणमा परिवर्तन गरिदिएको भन्दै संचालक पुनले आक्रोश ब्यक्त गरेका छन् ।

उनले यस विषयमा यो त साह्रै अन्याय भयो सरकार, अलि भिन्न तरिकाले सोच्न सकिन्न भन्दै सामाजिक संजालमा लेखेका छन् , लौ हेर्नु होस् कृषि औजार कारखानाको मर्मत सम्भारको लागि व्याबहारिक रुपमा राष्ट्रिय आविष्कार केन्द्रले जिम्मा लिनु पर्ने नेपाल सरकार अर्थमन्त्रालयको ऋण शाखाले १० प्रतिशत ब्याजदरमा १ करोड रुपैंया ऋण र ऋण तिर्ने समय तालिका सहितको लिखितम् धनीका नाम ––– भन्दै लेखेको तमसुकको सम्पूर्ण व्यहोरा ।

आज भन्दा ठीक एक महिना अगाडी मैले माननीय अर्थमन्त्री प्रकाशशरण महतज्यूलाई भेटेर छलफल गरेको थिएँ । बीरगंज कृषि औजार कारखानाको लागि त्यति बेला सम्म राष्ट्रिय आविष्कार केन्द्र आफैले मर्मत सम्भारको लागी गरेको खर्च र त्यहाँ ५०० केभिएको बिद्युत ट्रान्सफर्मर राख्नको लागि भनेर संचालक समितिको निर्णय सहित १ करोड रुपैंया अनुदानको माग गरेका थिएँ ।

मन्त्रीज्यूले माग पुरा गरि दिनु भएको थियो । तर मन्त्रालयका हाकिमहरुले मन्त्रीस्तरीय निर्णय गर्दा १० प्रतिशत ब्याज दरमा ऋण लगानी गर्ने भनेर १ करोड रुपैंया ऋण दिने निर्णय गराएछन । उनले लेखेका छन्, हामीले ऋण लगानी मागेका थिएनौं ।

हामीले त ३० बर्ष नचलेको ५८ वटा ठूला ठुला मशीनहरु मर्मत गर्न खर्च भैसकेको र ५०० केभिएको बिद्युत ट्रान्सफर्मर राख्नको लागि चाहिने रकम मागेका थियौं । नेपाल सरकार कै नाममा भए आफ्नै कारखाना मर्मत गर्न र आफ्नै कारखानामा बिजुली जडान गर्न राष्ट्रिय आविष्कार केन्द्रले ऋणको जिम्मा लिनु पर्ने ??

त्यो कारखाना मर्मत गर्ने र चलाउने जिम्मा राष्ट्रिय आविष्कार केन्द्र ले लिई सके पछि हरेक ६÷६ महिनामा तिर्नु पर्ने ऋणको रकम ६ लाख २५ हजार राष्ट्रिय आविष्कार केन्द्रले तिर्नु पर्ने हुन्छ । हो कि होइन ?? कारखाना संचालनमा आई सके पछि मात्र ऋण लिने कुरा आउँछ ।

संचालनमा ल्याउन अझै २ महिना जति लाग्छ । साह्रै रीस उठ्ने । ३० बर्ष बन्द भएको कृषि औजार कारखानालाई संचालनमा ल्याएर आविष्कार केन्द्रले औजार कारखानाबाट बेल्चा, कोदालो, कुटो, गैंती, बन्चरो र हँसियाको उत्पादन गरिसकेको छ । कारखानाका करिब ८० प्रतिशत हेभी र साना मशीनरीहरु मर्मत भएर चल्न थालेका छन ।

Advertisement

दुई ओटा फर्नेस, मेन कम्प्रेसर, पम्पहरु र ओभरहेड क्रेन पनि मर्मत भएका छन् । आवश्यक औजार, पार्टपुर्जाहरु र सामानहरु किन्दा राष्ट्रिय आविष्कार केन्द्रको २५ लाख रुपैंया खर्च भइसकेको तथा नेपाल सरकारले सहयोग गर्ने भनेको पैसा पनि नआएको महावीरले बताउदै आएका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top