एकै खेलमा ७ विकेट लिएर विश्व कीर्तिमान

१० साउन,एजेन्सी ।
मलेसियाका तीव्र गतिका बलर स्याजरुल इजात इद्रुसले क्रिकेटमा इतिहास रचेका छन्। आइसिसी पुरुष टी–२० विश्वकप २०२४ एसिया क्षेत्रीय छनोट ’बी’ को उद्घाटन खेलमा मलेसियाका तीव्र गतिका बलर इद्रुसले एकै खेलमा ७ विकेट लिएर इतिहास रचेका हुन्। उनले पुरुष टी–२० अन्तर्राष्ट्रियमा पहिलोपटक सात विकेट लिएर विश्व कीर्तिमान बनाएका हुन्।

Advertisement

बायुमास ओभलमा मलेसियाले चीनलाई ८ विकेटले पराजित गरेको खेलमा उनले ४ ओभरमा ७ विकेट लिँदा १ मेडन राखे भने ८ रन मत्र खर्चिए। उनले ७ विकेट सबै बोल्ड गर्दै लिएका थिए। भारतका दीपक चाहर र युजवेन्द्र चहल, अष्ट्रेलियाका अस्टन आगर, श्रीलंकाका अजन्था मेन्डिस लगायत गरी पुरुष टी–२० मा १२ बलरले यसअघि एकै खेलमा ६ विकेट लिएका थिए।

तर सात विकेटको रेकर्ड अहिलेसम्म कसैले बनाउन सकेको थिएनन्। इद्रुस एक्लैले चीनियाँ ब्याटिङ लाइन अप ध्वस्त पार्ने क्रममा सुरुवाती सात मध्ये ६ ब्याटरलाई सिकार बनाए। जसका कारण चीन ११.२ ओभरमा २३ रनमै अलआउट भएको थियो। चीनका ६ ब्याट्सम्यानले त खाता नै खोल्न सकेनन्। ४.५ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको मलेसियाले उत्कृष्ट सुरुवात गरेको छ।

Advertisement

३१ वर्षीय अलरान्डर इद्रुसले अहिलेसम्म २२३ खेलमा १२ सय ७ रन बनाएका छन् भने २७३ विकेट लिईसकेका छन् । चीन र मलेसियासँगै भुटान, म्यानमार तथा थाइल्यान्ड गरी पाँच टिम सहभागी प्रतियोगिताको विजेता नोभेम्बरमा नेपालमा हुने एसिया क्षेत्रीय फाइनलमा पुग्ने छ। नेपालमा हुने एसिया क्षेत्रीय छनोटबाट दुई टिम २०२४ मा टी–२० विश्वकपमा पुग्नेछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top