अमेरिकामा एक वर्षमा ११ पटक ब्याज वृद्धि

११ साउन,एजेन्सी ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि ब्याजदर वृद्धि गरेको छ । फेडरल रिजर्भले बुधबार ब्याजदरमा ०.२५ प्रतिशत वृद्धि गरेको हो । पछिल्लो वृद्धिसँगै अमेरिकामा केन्द्रीय बैंकको बेन्चमार्क ओभरनाइट ब्याजदर बढेर ५.५ प्रतिशत पुगेको र यो २२ वर्ष यता कै उच्च बिन्दु रहेको सीएनबिसीले उल्लेख गरेको छ ।

मूल्यवृद्धिलाई नियन्त्रण गर्नको लागि ब्याजदर वृद्धि गरिएको फेडरल रिजर्भले जनाएको छ । मूल्यवृद्धि दर २ प्रतिशतमा नझरेसम्म ब्याज वृद्धि गरिरहने फेडले जनाएको छ । हाल मूल्यवृद्धि दर ३ प्रतिशत रहेको सीएनबिसीले उल्लेख गरेको छ । जुनमा ब्याज दर स्थिर राखेपनि फेडले जुलाईमा भने बढाएको हो ।

गत वर्षको मार्च यता हालसम्म फेडले ११ पटक ब्याज वृद्धि गरिसकेको छ । ब्याज बढेसंगै अमेरिकी शेयर बजार गिरावट आएको छ । फेडले मन्दीको सम्भावना भने टरेको जनाएको छ । यस्तै फेडले यो वर्ष ब्याजदरमा थप बृद्धि गर्ने संकेत दिएको छ । फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेलले पत्रकार सम्मेलनमा मुद्रास्फीति नियन्त्रणमा नआएसम्म केन्द्रीय बैंकले यस्तो कदम चाल्न सक्ने बताएका छन् ।

मुद्रास्फीति लक्ष्य २ प्रतिशतमा झरेकोमा विश्वस्त नहुन्जेल आर्थिक नीति परिमार्जन गरिरहने उनले बताएका छन् । अन्तराष्ट्रिय संचारमाध्यामहरुका अनुशार उनले भनृका छन्,आवश्यक परे यसलाई थप कडाइ गर्न तयार छौं । हामीले यो प्रक्रियामा अझै लामो यात्रा गर्न बाँकी छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top