×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

महावीरलाई अमूल्य मेडल बेच्नु पर्ने के आइलाग्यो ?

१७ श्रावण २०८०

१७ साउन, काठमाण्डौ ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष नेपाली वैज्ञानिक महावीर पुनले आफूले अहिलेसम्म पाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन् । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्च जुटाउन पुनले आफ्ना मेडल बिक्री गर्न लागेको बताएका छन् ।

Advertisement
Advertisement

सामाजिक सञ्जाल फेसबुकमा आलोक सुवेदीले आविष्कार केन्द्रका अध्यक्ष पुनको अनुरोधमा उनका पाँच मेडल लिलामका लागि राखिएको बताएका छन् । लिलामीबाट प्राप्त हुने सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्रलाई जानेछ र सो रकमलाई वीरगञ्ज कृषि औजार कारखानाको लागि प्रयोग गरिने उनले फेसबुक पोस्टमा लेखेका छन् ।

नेपाल सरकारले कृषि औजार कारखानाको मर्मतसम्भार र मेसिनरी औजार थप्न पहिलोपटक अनुदान दिने भनेर अहिले आएर ऋण दिने भनेको उनले लेखेका छन् । सोही पोस्टमा प्रतिक्रिया दिँदै पुनले अहिले आफ्ना मेडललाई जति पैसा आए पनि नबेची नहुने भनेर लेखेका छन् ।

“तीन वर्ष पहिला पनि बेच्न खोजेको हो । तर त्यतिबेला कोरोनाले गर्दा कोही ग्राहक आएनन् । मूल्य त्यति हुनुपर्छ भन्ने छैन,” पुनले लेखेका छन् । ‘पदकहरु विक्रीमा राखेर मैले सरकार र संस्थाहरु, जसले मेडल दिए, उनीहरुको अपमान गर्न खोजेको होइन, पुनले भनेका छन्, पदकहरुको उपयोग सही कामका लागि गर्न खोजेको हुँ ।’

पुनले प्राप्त गरेको द रामोन म्यागासेसे पुरस्कारको सुरुआती लिलाम मूल्य १० हजार अमेरिकी डलर तोकिएको छ । यस्तै, डा. हर्क गुरुङ पर्वतारोहण पुरस्कारको मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ । इन्टरनेट हल अफ फेम २०१४ को सुरुआती मूल्य सात हजार ५०० अमेरिकी डलर तोकिएको छ।

यस्तै, राष्ट्रदीप पदकको मूल्य दुई हजार ५०० अमेरिकी डलर र युनिभर्सिटी अफ नेब्रास्का अनर ग्राज्युएड अवार्डको मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ । बोली लगाउन आफूलाई म्यासेज गर्न र हेर्नका लागि केही दिनमा यी मेडल राष्ट्रिय आविष्कार केन्द्रमा राखिने फेसबुक पोस्टमा लेखिएको छ ।

पछिल्ला केही समय यता महावीर सरकारले दिने भनेको अनुदानलाई समेत ऋणमा रुपान्तरण गरिदिएको भन्दै असन्तुष्ट रहदै आएका छन् । महावीर नेतृत्वको आविष्कार केन्द्रले सरकारसँग सम्झौता गरेरै कृषि औजार कारखाना संचालनको स्वामित्व लिएको छ ।

Advertisement

तर सरकारले सहमतिवमोजिक केन्द्रलाई गर्नुपर्ने सहयोग भने नगरेको पुनले गुनासो गर्दै आएका छन् । केन्द्रले ३० वर्षदेखि बन्द रहेको कारखानालाई संचालनमा ल्याएर नमुनाका रुपमा केही कृषि औजारहरु निमार्ण गरिसकेको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top