×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मियामी अन्तिम १६ मा, मेसी लगातार चम्किए

१८ श्रावण २०८०

१८ साउन,एजेन्सी ।
अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोलको लयलाई कायम राखेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले लिग्स कपमा ओर्लान्डो सिटीविरुद्ध ३–१ को जित निकालेको छ । मेसीले लगातार तीन खेलमा गोल गर्दा मियामीले तीनै खेल जितेको हो । यससंगै मियामी लिग्स कप २०२३ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

बिहीबार मियामीको जितमा मेसीले दुई र जोसेफ मार्टिनेजले एक गोल गरे । ओर्लान्डोका सेर अराउहोले एक गोल फर्काएका थिए । खेलको सातौैँ मिनेटमा मेसीले गरेको गोलबाट मियामीले अग्रता बनाएको थियो । १७औँ मिनेटमा अराउहोले गरेको गोलबाट ओर्लान्डो खेलमा फर्किएको थियो ।

Advertisement
Advertisement

५१औँ मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै मियामीलाई पुनः अग्रता दिलाएका थिए । ७२औँ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै मियामीलाई ३–१ को अग्रता दिलाए । यसपछि दुवै टिमबाट थप गोल भएन । ओर्लान्डोविरुद्ध बार्सिलोनाका पूर्वरक्षक जोर्डी अल्बाले मियामीबाट ‘डेब्यु’ गरेका थिए ।

Advertisement

मियामीले अब अन्तिम–१६ मा एफसी डालासविरुद्ध खेल्नेछ । डालासले मेक्सिकोको माजात्लानलाई २–१ ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । मेसीले इन्टर मियामीबाट तीन खेल खेल्दा पाँच गोल गरिसकेका छन् । उनले मियामीबाट डेब्युमै एक र दोस्रो खेलमा दुई गोल गरेका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top