×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दोलाखामा पहिरोः एकको मृत्यु, ३ बेपत्ता, ३ घाइते

१९ श्रावण २०८०

१९ साउन ,काठमाडौं ।

दोलखामा पहिरोमा पुरिएर एक शिशुको मृत्यु भएको छ । पहिरोमा पुरिएर तीनजना अझै बेपत्ता छन् । सोही पहिरोमा परी तीनजना घाइते भएका छन् । पहिरोमा पुरिएर १५ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं डीएसपी दीपक खड्काले बताएका छन् ।

Advertisement
Advertisement

उनका अनुसार गौरीशंकर गाउँपालिका–७, टोपाटारमा पहिरोमा पुरिएर शिशुको मृत्यु, तीनजना बेपत्ता र तीन घाइते भएका हुन् । बिहीबार साँझ गएको पहिरोमा स्थानीय करिब ५५ वर्षीय कृष्णबहादुर मगर, उनकै श्रीमती देवी मगर, अर्का वृद्ध हरिलाल श्रेष्ठ र बालक प्रिन्स थामी बेपत्ता भएकामा बालकको मृत्यु भएको छ ।

स्थानीय यज्ञ थामी, उनकी श्रीमती धनकुमारी थामी र बुहारी सरिता थामी घाइते भएका हुन्। उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं लगिदैछ । उत्तरी गौरीशंकर गाउँपालिका ७ मार्बु गाउँको टोपाटार बस्तीमा बिहीबार साँझ खारेतर्फको भीरबाट बस्तीमा पहिरो झरेको थियो । पहिरोले बस्तीका ५ घर पुरेको मार्बुका वडाअध्यक्ष सोनाम शेर्पाले जानकारी दिएका छन् ।

गौरीशंकर–८ बाट खसेको पहिरोले टोपाटारमा क्षति गरेको डीएसपी खड्काले बताएका छन् । घटना गए रातिको भएको र टेलिफोन सम्पर्कविच्छेद भएका कारण आफूहरूले बिहान मात्र सूचना पाएको उनले बताएका छन् । सूचना पाएपछि उद्धारकार्यमा खटिएको उनले बताएका छन् । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाको टोली उद्धारकार्यमा खटिएका छन् ।

यसैबीच विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेकाले आज केही जिल्लामा बाढीको जोखिम रहेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपास भएर बहने नदी तथा खोलामा बहाव बढ्न सक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

आज र भोलि देशका अधिकांश नदीहरूको बहाव सामान्य अवस्थामा रहने महाशाखाले जनाएको छ । साउन २१ गतेदेखि देशका अधिकांश नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको छ । २१ गते (आइतबार) देखि नदी तटीय क्षेत्रमा बस्नेले सतर्कता अपनाउनु पर्नेमा महाशाखाले जोड दिएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top