विराटनगरमा मोडलदेखि सेलिब्रेटीसम्मको ‘क्याटवाक’

२२ साउन, विराटनगर । विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म र्‍याम्पमा उत्रिएका छन् ।
विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत तनस्काको पहिरन लगाएर र्‍याम्पमा उत्रिएका हुन् ।
फेसन शो मा तनस्काका १२ जना डिजाइनरले तयार गरेका पहिरन लगाएर दुई पुरुष र १६ महिला गरी १८ जना मोडेल प्रदर्शनीमा निस्किएका थिए । पुरुषतर्फ कलाकार दिवस धिताल र रमननाथ गिरी र्‍याम्पमा उत्रिए ।
उनीहरुसँगै चर्चित मोडेल कार्की र कलाकार निरौला पनि र्‍याम्पमा उत्रिँदा कार्यक्रममा थप रौनकता बढेको थियो ।
विराटनगर–३ गोग्राहा चोकस्थित कञ्चनजंघा व्याङ्केटमा भएको फेसन शो मा गायिका सत्यकला राई र र्‍याम्पर शैलेश निरौलाको सांगीतिक प्रस्तुती दिएका थिए।
कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले तनस्काका विद्यार्थीहरुले तयार गरेका कपडा निकै उत्कृष्ट रहेको भन्दै प्रशंसा गरिन् ।
फेसन डिजाइनरहरुलाई प्रोत्साहन गर्न विराटनगर महानगरपालिकाले पनि सक्दो सहयोग गर्ने उनले  बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले विराटनगरको फेसन डिजाइन क्षेत्रमा तनस्काले नयाँ आयाम थपेको प्रतिक्रिया दिए ।
कार्यक्रममा तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन फेसन शो गरिएको जानकारी दिइन्।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top