नेदरल्यान्ड्स विश्वकपबाट आउट हुदा स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनलमा

२६ साउन,एजेन्सी ।
साविक उपविजेता नेदरल्यान्ड्सविरुद्ध २–१ को जित निकाल्दै फिफा महिला विश्वकपमा स्पेनले पहिलोपटक सेमिफाइनलमा स्थान बनाएको छ । शुक्रबार न्युजिल्यान्डस्थित वेलिङ्टन क्षेत्रीय रंगशालामा भएको खेलमा साविक उपविजेताविरुद्ध जित दिलाउन स्पेनकी मारियोना काल्डेन्टी र साल्मा केलस्टे पारयुलो आइनगोनोले गोल गरे ।

नेदरल्यान्ड्सकी स्टेफानी भार डेर ग्राटले एक गोल फर्काएकी थिइन् । पहिलो हाफमा नेदरल्यान्ड्सलाई गोलरहित बराबरीमा रोकेको स्पेनले ८१औँ मिनेटमा काल्डेन्टीको गोलबाट अग्रता बनाएको थियो । तर, इन्जुरी समयमा ग्राटले गोल फर्काउँदै नेदरल्यान्ड्सलाई बराबरीमा ल्याइन् ।

यसपछि इन्जुरी समयमा गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । स्पेनकी पारयुलो आइनगोनोले १११औँ मिनेटमा गरेको गोल निर्णायक बनेपछि स्पेनले पहिलोपटक महिला विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो ।

सन् २०१५ को संस्करणदेखि विश्वकपमा ‘डेब्यू’ गरेको स्पेन गत संस्करणमा भने प्रि–क्वार्टरफाइनलबाट बाहिरिएको थियो । र, यो नै यसअघि स्पेनले विश्वकपमा हासिल गरेको उत्कृष्ट नतिजा थियो ।

स्पेन समूह ‘सी’को उपविजेताका रूपमा अन्तिम–१६ मा प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा स्थान बनाउने क्रममा स्पेनले स्विट्जरल्यान्डलाई ५–१ ले हरायो। अब फाइलन प्रवेशका लागि स्पेनले जापान र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top